+
+
-- Sponsored Ad --

युनाईटेड गोल्ड कपको तयारी पुरा/उद्घाटनमा चोरमारा युवा क्लब र युनाईटेड युवा क्लब बिच भिडन्त हुने

285 पटक हेरिएको
Clock २०८० भाद्र २२, शुक्रबार ११:२१
-- Sponsored --

भदौ २२, कावासोती : आजदेखि सुरु हुने युनाईटेड गोल्ड कपको सम्पुर्ण तयारी पूरा भएको छ । नवलपरासि (वर्दघाट सुस्ता पूर्व) नवलपुरको हुप्सेकोट गाउँपालिका ३, गिरुबारीमा हरेक वर्ष आयोजना हुने फुटबल प्रतियोगिताको आज उद्घाटन खेल हुने भएको हो । “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नारा सहित युनाईटेड युवा क्लब गिरुवारीले आयोजना गर्ने युनाइटेड गोल्ड कप फुटबल प्रतियोगिताको ३७ औं संस्करण श्री सरस्वती सँस्कृत तथा साधारण उच्च मा.वि.को खेल मैदानमा संचालन हुन लागेको हो ।

क्लबका अध्यक्ष हरि थापाका अनुसार २० फुटवल क्लब सहभागी हुने यस संस्करणको आज दिउँसो ३ बजे भब्य समारोहका बिच हुने उद्घाटन खेलमा चोरमारा युवा क्लब चोरमारा र आयोजक युनाईटेड युवा क्लब मैदानमा आमने सामने हुनेछन । आयोजनाको उद्घाटन हुप्सेकोट गाउँपालिकाका उपाध्यक्ष पुर्ण सिंह रानाले गर्ने बताईएको छ । 

प्रतियोगितामा देशभरका चर्चित फुटबल क्लब र खेलाडीहरु सहभागी हुने खेल संयोजक प्रेमध्वज सारुले बताए । प्रतियोगिताको विजेताले २ लाख २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन भने दोश्रो हुने टिमले १ लाख ३५ हजार ५ सय ५५ नगद सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् । खेल संयोजक सारुका अनुसार सेमिफाईनलमा पुगेर बाहिरिने दुई टिमले नगद २५ हजार ५ सय ५५ रुपैयाँ हात पार्नेछन ।

त्यस्तै उत्कृष्ट खेलाडि, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र अनुशासित टिमलाई समेत पुरस्कृत गरिने आयोजकले बताएको छ । यस अगाडिका खेलहरुमा एउटै टिममा धेरै विदेशि खेलाडिहरुलाई समावेश गराउने गरिएकोमा यस वर्ष भने एउटा टिमले बढिमा ३ जना मात्रै विदेशि खेलाडिलाई टिममा समाबेश गराउन पाउने गरि नियम गराईएको क्लबका अध्यक्ष हरि थापाले बताए । निरन्तर ३७ औं संस्करण सम्म आयोजित यस प्रतियोगितालाई जिल्लाकै गौरवको रुपमा लिईन्छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win