+
+
-- Sponsored Ad --

रिटर्नी सेन्टर नेपालको लमजुङ जिल्ला संयोजकमा तामाङ

895 पटक हेरिएको
Clock २०८० आश्विन २०, शनिबार २२:१६
-- Sponsored --

साउन २०, लमजुङ : नेकपा माओवादि केन्द्रको भात्रि संगठन रिटर्नी सेन्टर नेपालको लमजुङ जिल्ला भेला सम्पन्न भएको छ ।

मनबहादुर मजाकोटीको अध्यक्षता एवं नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सदस्य तथा लमजुङ जिल्ला ईन्चार्ज आशा कोईरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमले मीन बहादुर तामाङको संयोजकत्वमा २५ सदस्यीय जिल्ला तदर्थ समिति गठन गरिएको हो ।

कार्यक्रममा रिटर्नी सेन्टर नेपालको सह संयोजक एवं गण्डकी प्रदेश ईन्चार्ज रामचन्द्र अधिकारी (क्षेत्री) नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश कमिटीको सदस्यहरु हरिजङ्ग तमाङ, सुनिल सुनार,रिटर्नी सेन्टर नेपालको केन्द्रीय सदस्य भिम सुब्बा तमाङ (बाबु साईला) लगायतको विषेश उपस्थिति रहेको थियो ।

आज गठित कार्यसमितिले छिट्टै नै बिदेशबाट फर्केका लमजुङ जिल्लाबासिको जिल्ला सम्मेलन गर्ने रिटर्नी सेन्टर नेपालको सह संयोजक एवं गण्डकी प्रदेश ईन्चार्ज रामचन्द्र अधिकारी (क्षेत्री)ले जानकारी दिए ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win