
एन. सन्चार, माघ १४, कावासाेतीः नवलपरासी पुर्वको हुप्सेकोटका एक वृद्ध वेपत्ता भएका छन । हुप्सेकोट १ वेलुवा वस्ने वर्ष ६७ का रण वहादुर पुन गत माघ ९ गते दिउसो १२ वजे घरबाट निस्केको र हालसम्म पनि फेला नपरेपछि खोजि गरिदिन पारिवारिक श्रोतले आग्रह गरेको छ ।
परिवारका अनुसार पुनको मानसिक सन्तुलन समेत गुमेको वताइएको छ । हरियो ज्याकेट भित्र रातो टिर्सट, कालो टोपी, खैरो पाइन्ट लगाएका अन्दाजी ५ फुट उचाइ भएका पुन वेपत्ता भएपछि परिवारले खोजी कार्य जारी राखेको छ ।
निम्न हुलिया भएका व्यक्ति कहि कतै फेला परेको खण्डमा निजका छोरा चन्द्र वहादुर पुनको सम्पर्क नम्वर ९८४५७१८५३२ मा सम्पर्क गरिदिन वा नजिकको प्रहरी कार्यालयमा वुझाइदिन पारिवारिक श्रोतको आग्रह छ ।