+
+
-- Sponsored Ad --

जोखिममा परेका बालबालिकालाइ राहत तथा उद्दार कार्यक्रम सम्पन्न ।

268 पटक हेरिएको
Clock २०८० फाल्गुन ३०, बुधबार १७:५५
-- Sponsored --

तेजेन्द्र शाही, एन सन्चार,फागुन ३०, दैलेख : दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले जोखिममा परेका वालवालिकाका लागी राहत तथा उद्दार कार्यक्रमको सुरुवात गरेको छ । नगरपालिकाको सभाहलमा एक कार्यक्रमका विच सो कार्यक्रमको अनौपचारिक सुरूवात गरिएको हो ।
महिला बालबालिका तथा जेष्ठ नागरिक शाखामा परेका निवेदन नगर बाल अधिकार समितिबाट छलफल र पहिचान गरि कोष संचालन समितिबाट निर्णय भएका बालबालिकाहरूलाई नगरपालिकाको बाल कोषबाट  राहत स्वरुप नगद र शैक्षिक सामाग्री वितरण गरिएको र आगामी दिनहरुमा वडा स्तरीय बाल अधिकार समिति गठन गरि वास्तविक आपत विपतमा परेका बालबालिकाहरु पहिचान गरि राहत तथा उद्धार गर्ने महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख माया कुमारी सिंहले बताइन।

नगरपालिकामा स्थापना भएको बालकोष लाई अझै स्तरिय बनाउदै  विपन्न, अनाथ र असहाय बालबालिकाका लागी आपतकालिन राहत तथा उद्धारका सामाग्रीहरु खरिद गरि उनिहरुको जिवन स्तरमा उकास्न सहयोग गर्ने उद्येस्यले आफुहरु यस कार्यमा अगाडी बढेको बाल अधिकार समिति संयोजक तथा चामुण्डा बिन्द्रासैनि नगरपालिका नगर उप प्रमुख मनसरा कुमारी शर्माले बताइन।

आगामी दिनमा नगरपालिकाका ९ वटै वडाहरूमा विस्तृत रूपमा जानकारी गराई बृहत् कार्यक्रमको आयोजना गरि वास्तविक आपत विपतमा परेका बालबालिका हरु लाई राहात तथा उद्धार गरि उनिहरुको जिवन स्तरमा सुधार गर्ने चामुण्डा बिन्द्रासैनि नगरपालिकाका नगर प्रमुख गणेश कुमार शाहीले बताए।  

“नगरपालिकाले दिएको यो राहतले आफ्नो दैनिकीमा सहयोग पुग्नेछ । आगामी दिनहरुमा पनि यस्तै प्रभावकारी काम गरि गरिवीको रेखामुनी रहेका विकट गाउवस्तीका जन्ताको मन जित्न सफल होस सुभकामना छ ।” राहत लिन पुगेका वडा नं ६ का खगेन्द्र विक ले भने ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win