+
+
-- Sponsored Ad --

सिद्धबाबा सुरुङमार्गकाे सुस्त गति, दुई वर्षमा १२ प्रतिशत काम

164 पटक हेरिएको
Clock २०८१ बैशाख ८, शनिबार ०९:१७
-- Sponsored --

पाल्पा : मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा अहिले सुरुङमार्ग निर्माण भइरहेको छ। तिनाउ गाउँपालिका ३, दोभान सिद्धबाबास्थित सुरुङमार्ग निर्माणको काम दुई वर्षमा १२ प्रतिशत मात्रै पूरा भएको छ।

पाँच वर्षमा निर्माणको काम सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग २०७८ साल फागुनमा ठेक्का सम्झौता भएको थियो। राजमार्गको पाल्पा-बुटवल सडकखण्ड अन्तर्गत सिद्धबाबा क्षेत्रमा झर्ने चट्टानसहितको पहिरोले हरेक वर्ष ठूलो क्षति भोग्नु परेका कारण सरकारले सुरक्षित आवागमनका लागि सुरुङमार्ग निर्माण गर्ने योजना बनाएको हो। 

अप्ठ्यारो र जोखिमयुक्त माथिल्लो सिद्धबाबा मन्दिरदेखि रामापिथेकस पार्कसम्म एक हजार १२६ मिटर सुरुङमार्ग निर्माणको काम शुरु भएको हो। ठेक्का सम्झौताअनुसार २०८३ सालभित्र निर्माणको काम पूरा हुनु पर्नेछ। 

आकस्मिक अवस्थाका लागि सुरुङ बाहिरी सडकमा जोड्ने गरी ३००-३०० मिटरको दूरीमा तीनवटा सहायक सुरुङमार्ग बनाइएको छ। ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँको ठेक्का सम्झौता भएको र १२.४७ प्रतिशत आर्थिक प्रगति भएको छ। 

निर्माण कम्पनीलाई कुल रकममध्ये ९१ करोड ५५ लाख ८९ हजार रुपैयाँ भुक्तानी भइसकेको छ। आगामी आर्थिक वर्षमा करिब ३ अर्ब, २०८२/८३ का लागि दुई अर्ब र २०८३/८४ को चैतसम्म १ अर्ब १८ करोड ७१ लाख आवश्यक पर्ने आयोजनाले जनाएको छ। 

तस्विरमा हेर्नुहोस् सुरुङमार्ग निर्माणको काम-

समाचार श्राेतः थाहाखबर

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win