नेपाल मगरसंघ बुलिङ्गटार गाउपालिकाको दोस्रो अधिबेशन शनिबार सम्पन्न ।।

शारदा झेडीमगर । चैत १ ||

नेपाल मगरसंघ बुलिङ्गटार गाउपालिकाको दोस्रो अधिबेशन शनिबार सम्पन्न भएको छ । अधिबेशनले नारायण पाटामगरको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिती सर्वसम्मतले चयन गरेको हो । जसको उपाध्यक्षमा नवलसिह चुनीमगर र ओमप्रकाश सिजालीमगर गरी दुईजना रहनुभएको छ भने, सचिवमा कुमार लुगेंलीमगर, सहसचिवमा पदम पुलामीमगर, कोषाध्यक्षमा यमुना बिर्कट्टा मगर लगायत अन्य सदस्यहरु रहनुभएको छ ।

कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले समग्र मगरको हितका लागि सामाजिक, आर्थिक र राजनैतिक तवरबाट अग्रसर हुनुपर्नेमा जोड दिएका छन् । राजनैतिक चेतनाबाट माथी उठ्न सकेमात्र आफ्नो अधिकारको संरक्षण गर्न सकिने भन्दै २०७८ सालको जनगणनामा सम्पुर्ण मगर समुदायका ब्याक्तीहरुले आफ्नो थरको पछाडी मगर जाती अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने बताएका छन् ।

मगरसंघका निवर्तमान अध्यक्ष रुद्रबहादुर आलेमगरको अध्यक्षतामा सम्पन्न अधिबेशनमा नेपाल मगर संघ जिल्ला समन्वय समिती नवलपुरका अध्यक्ष ईन्द्र फाल मगर प्रमुख अतिथी रहनुभएको थियो । यसैगरि वरिष्ठ उपाध्यक्ष मेख बहादुर सारु, जिल्ला सचिव भुम राईमगर, कोषाध्यक्ष निरमाया सारु , बेलबहादुर सारु, हाईमाया राना , यम आले लगायतकाको बिशेष उपस्थीति रहेको थियो ।

तिलक बिर्कट्टाले संचालन गर्नुभएको कार्यक्रममा खिमबहादुर गेलाड.ले स्वागत मन्तब्य राख्नुभएको थियो । यसैगरि अधिबेशनमा सेतीनाग माबिका प्रध्यानाध्यापक खिम बहादुर शुस्लीड.मगर निर्वाचन मण्डलको संयोजकमा रहनुभएको थियो भने सदस्यहरुमा चन्द लम्कानमगर र होमबहादुर सारु मगर रहनुभएको थियो । अव तत्काल बौदिकाली र देवचुली गाउपालिकाको अधिबेशन पश्चात् चैत २१ र २२ गते मगरसंघको जिल्ला अधिबेशन कावासोतीमा हुने जिल्ला अध्यक्ष ईन्द्र फाल मगरले जानकारी दिनुभयो ।