+
+
-- Sponsored Ad --

गण्डकीमा नवनियुक्त मुख्यमन्त्री पाण्डेले लिए शपथ, मन्त्रिमण्डल पनि गठन

247 पटक हेरिएको
Clock २०८१ जेष्ठ १६, बुधबार १९:१४
-- Sponsored --

१६ जेठ, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शपथ लिएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टबाट बुधबार मुख्यमन्त्री पाण्डेले शपथ लिएका हुन् । अर्थमन्त्री टकराज गुरुङ र सामाजिक विकासमन्त्री बिन्दुकुमार थापाले पनि शपथ लिएका छन् ।

आजमात्रै प्रदेश प्रमुख भट्टले नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेलाई संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका थिए ।

१४ जेठमा सर्वोच्च अदालतले तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गर्दा अपनाएको प्रक्रिया असंवैधानिक ठहर गर्दै कांग्रेस नेता पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको थियो ।

मुख्यमन्त्री पाण्डेसँगै कांग्रेस संसदीय दलका उपनेता विन्दुकुमार थापा र डा. टकराज गुरुङले पनि मन्त्री पदको शपथ लिएका प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिए। 

उनका अनुसार गुरुङले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् भने थापाले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन्। 

अबको ३० दिन भित्र कांग्रेसले संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री पाण्डेले प्रदेशसभााबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। 

प्रदेशसभामा ठूलो दलको हैसियतबाट मुख्यमन्त्री बनेका पाण्डेलाई विश्वासको मत पाउने सम्भावना भने देखिएको छैन। गण्डकीमा कांग्रेसको २७ मत छ। ६० सदस्यीय प्रदेशसभामा विश्वासको मत पाउन ३१ मत आवश्यक छ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win