+
+
-- Sponsored Ad --

४ मन्त्री माग गर्ने शेखर–गगन समूहकाे तयारी

194 पटक हेरिएको
Clock २०८१ असार ३०, आईतवार १२:४७
-- Sponsored --

३० असार, काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला–गगन थापा समूहले कम्तीमा चार मन्त्रीको माग गर्ने भएको छ ।

विशालनगरस्थित कोइरालाको सचिवालयमा बसिरहेको बैठकले कांग्रेसले पाउने कूलमध्ये चार मन्त्री आफ्नो समूहले पाउनुपर्ने माग गर्ने निर्णय गरेको हो ।

बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीका अनुसार समूहले चार मन्त्री माग गर्ने र समूहबाट पठाउने मन्त्रीको चयन गर्ने अधिकार शेखर कोइराला, गगन थापा र धनराज गुरुङलाई दिइएको छ ।

बैठकमा शेखर कोइरालाका साथै गगन थापा, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, अर्जुननरसिंह केसी, बलबहादुर केसी, दिलेन्द्र बडू, डा मिनेन्द्र रिजाल र डा चन्द्र भण्डारी सहभागी छन् ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win