+
+
-- Sponsored Ad --

लोक दोहोरीमा जम्दै गाएक गैरे

534 पटक हेरिएको
Clock २०७९ माघ २७, शुक्रबार १४:३६
-- Sponsored --

राजेश सुनाम ,कावासोती : पाल्पा जिल्ला निस्दी गाउपालीकामा अवस्थित गल्धा ५ कठै डाडामा २०५० साल बैशाख १ गते जन्मिएका गायक कृष्ण गैरे पछिल्लो समय लोक गित संगितको क्षेत्रमा निकै र्चचित छन ।

गैरेले आवाज दिएका प्राय गितहरु चर्चामा पुग्न सफल छन् । दर्शक स्रोताले पनी गैरेका गितहरुलाइ रुचाएका छन । आइ लभ यू बेबी ,दिन दिनै भएत भेट, दशै आयो तिहारै आयो ,ए मायालू, रेलैमा लगाउ माया बेलैमा जस्ता गित अहिले चर्चामा छन ।

२०७१ सालमा पहिलो गित माया लाउन जातैले छेक्दैन रेकर्ड गराएका गायक गैरे २०६९ सालमा नवलपुरमा बसाइसरी हाल नवलपुरमै वसोवास गरिरहेका छन ।

लोकदोहरी क्षेत्रमा सक्रिय गैरे पछिल्लो समय राष्टिय लोक तथा दोहरी गित प्रतिष्ठान नेपाल गन्डकी प्रदेशका सदस्य, नेपाल संगित उधोग संघका केन्दिय सदस्य समेत रहेका छन ।

गैरेको बाल्यकाल निकै रमाइलो संग बित्यो सानै उमेर देखि गित गाउन मन पराउने गैरे स्कूल पढदा देखि नै गित गाउन मन पराउथे ।
स्कूलले आयोजना गर्ने प्राय कार्यक्रममा भाग लिन नछुटाउने गैरे कार्यक्रममा प्रथम समेत हुने गर्थे ।

उनले धेरै पुरस्कार समेत हात पारेका छन् । घरपरिवार तथा शिक्षकहरु समेतको प्रेरणाले गैरेलाइ गाएक वन्न महत्वपुर्ण भुमिका खेलेको गैरेले वताउछन ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win