माधव नेपाल पक्षको नयाँ पार्टी गठन हुदै : यस्तो छ नाम र चुनाव चिन्ह

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले समानान्तर कमिटी गठन गरेको र पार्टी हितविपरीत कार्य गरेको भन्दै कारवाही प्रक्रिया अघि बढाएपछि नेपाल पक्ष छुट्टै दल गठन गृहकार्यमा जुटेको छ ।

पार्टीलाई विधान, पद्धतिअनुसार सञ्चालन गर्नुपर्ने माग नेपाल पक्षको रहेको छ भने संस्थापन पक्षले विधि पद्धतिको नक्कली कुरा गरेर समानान्तर गतिविधि र पार्टी हितविपरीत कार्य गरिरहेको आरोप ओली पक्षले लगाउँदै आएको छ । नेपाल पक्ष आफंै पार्टी फुटाउने गृहकार्यमा जुटेको आरोप ओली पक्षको रहेको छ ।

स्रोतका अनुसार ओलीले नेपाल पक्षका नेतालाई कारवाही गर्ने प्रक्रिया अघि बढाएपछि नेपाल पक्षले नयाँ दल दर्ता गर्ने गृहकार्य अघि बढाएको छ । पूर्व प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता नेपालले नयाँ दल दर्ता, चुनाव चिह्न के राख्नेबारे आफू निकटका नेतासँग छलफल सुरू गरिसकेका स्रोतको दाबी छ ।

 

‘पार्टी प्रमुख केपी ओलीले छानीछानी नेपाल पक्षका नेतालाई कारवाही गर्न थालेपछि अर्को विकल्पको खोजी सुरू भएको छ । अब नयाँ दल दर्ता गरेर आगामी निर्वाचनमा सहभागी हुने गरी संगठन निर्माणमा जुटछौं,’ एमाले पार्टी स्रोतले भन्यो, ‘यदि केपी ओलीले आफ्नो गतिविधिमा सुधार गर्नुभएन भने नयाँ दल दर्ता गराउँछौं ।’

पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी समाजवादी राख्ने र उपयुक्त चुनाव चिह्नको खोजी भइरहेको एमाले स्रोतले जनाएको छ । चुनाव चिह्न राख्ने विषयमा नेताले विभिन्न सुझाव दिइरहेका छन् । नयाँ दल दर्ता भए पनि माओवादी केन्द्रसँग पार्टी एकीकरण नहुने तर कार्यगत एकता गरेर अघि बढ्न सकिने नेपाल पक्षका नेताले बताएका छन् ।

पार्टी विधानविपरीत पार्टी र सरकारविरुद्ध अराजक गतिविधि मच्चाएको, अनुशासनहीन क्रियाकलाप गरेको र नयाँ दल गठनमा अगुवाइ गरेको भन्दै ओली पक्षले नेपाल पक्षका प्रतिनिधि सभाका २७ सांसद र कर्णाली प्रदेश सभाका ५ जना सदस्यलाई मंगलवार स्पष्टीकरण सोधेको छ ।

नेपाल पक्षका नेतालाई स्पष्टीकरण सोधिएपछि मंगलवार नै बानेश्वरको अर्याल होटलमा बसेको आकस्मिक बैठकले स्पष्टीकरणको जवाफ दिने निर्णय गरेको छ । स्पष्टीकरणको जवाफ दिने र पार्टीभित्रको अन्तरसंघर्ष जारी राख्ने निर्णय गरेको नेता झपड रावलले बताएका छन् ।

छलफलमा स्पष्टीकरणको व्यहोराबारे छलफल भएको र पूर्व तयारीका साथ स्पष्टीकरण आएको आफूहरुको ठहर रहेको उनले बताएका छन् । तोकिएको समयभित्रै उचित जवाफ दिने आफूहरुको तयारी रहेको रावलले बताए ।

महाधिवेशनले चयन गरेको अध्यक्ष ओली भएको भन्दै महाधिवेशनको उद्देश्य, पार्टी र विधानविपरीतको काम नगरेको तर्क उनले गरेका छन् । सर्वोच्चको निर्णय अनुसार एमालेलाई पूर्ववत अवस्थामा फर्काउनुपर्छ भन्दा पार्टी विभाजनतर्फ लागेको भन्ने आरोप लगाउनु तर्कसंगत नभएको रावलले बताएका छन् ।

नेपाल पक्षका सांसद झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, झपट रावल, योगेश भट्टराई, पवित्रा निरौला, यज्ञराज सुनुवार, जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, विरोध खतिवडा, सोमप्रसाद पाण्डे, नारायण खतिवडा, भवानी खापुङ, जयकुमार राई, गणेश पहाडी, दीपकप्रकाश भट्ट, पुष्पाकुमारी कर्ण, रामकुमारी झाँक्री, हिराचन्द्र केसी, सरलाकुमारी यादव, कृष्णलाल महर्जन, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, मुकुन्द न्यौपानेलाई स्पष्टीकरण सोधिएको छ ।

कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने नेपाल पक्षका प्रदेश सांसदहरू प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा, अम्बरबहादुर थापा र देवी ओलीलाई पनि स्पष्टीकरण सोधिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बसेको एमाले १० औं महाधिवेशन आयोजक कमिटीको बैठकले ती नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ पुष २८, आईतवार २२:०८
    • 15 views
    अदालतको गेटमा समर्थकले घेरेपछि रविलाई बाहिर निकाल्नै प्रहरीलाई हम्मेहम्मे

    काठमाडौं । थुनछेक बहस नहुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः हिरासतमा गएका गएका छन् । सहकारीको रकम अपचलन मुद्दामा बयानका लागि लामिछाने आइतबार आफैँ जिल्ला अदालत काठमाडौंमा…

    विस्तृत.....

    • २०८१ पुष २५, बिहीबार २१:३३
    • 17 views
    नारायणी किनारमा १५ औं चितवन महोत्सव सुरु

    चितवन – नारायणगढको नारायणी नदी किनारमा १५ औं चितवन महोत्सव सुरु भएको छ । व्यापारिक तथा औद्योगिक बस्तुको प्रदर्शनीसहित बिहीबारदेखि महोत्सव सुरु भएको हो । चितवन उद्योग वाणिज्य संघले आयोजना गरेको…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *