एकै पटक १७ जिल्लाका सीडीओको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले एकैपटक ठूलो संख्यामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ । काठमाडौं उपत्यकाका भक्तपुर र ललितपुरसहित १७ जना सीडीओको एकै पटक सरुवा भएको गृह मन्त्रालयले जनाएको छ ।

त्यस्तै, गृह मन्त्रालयले विभिन्न जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयहरूमा कार्यरत उपसचिव र सहायक सीडीओको पनि सरुवा गरेको छ ।

सूचीअनुसार ललितपुरमा रमेश ढकाल, भक्तपुरमा गोपालप्रसाद अर्याल, रुपन्देहीमा बासुदेव घिमिरे, पर्सामा गणेश अर्याल, महोत्तरीमा लालबाबु कवारी, पाल्पामा तोयनारायण सुबेदी, दोलखामा शिवराम गेलाल, धनकुटामा टुबराज पोखरेल, गोरखामा पुण्यविक्रम पौडेल, तनहुँमा श्यामकृष्ण थापा, गुल्मीमा जनार्दन गौतम, पाँचथरमा कृष्णप्रसाद शर्मा, सप्तरीमा भोला दाहाल, बैतडीमा दीर्घराज उपाध्याय, जाजरकोटमा मेखबहादुर मग्रान्ती, ताप्लेजुङमा नेत्रप्रसाद शर्मा, संखुवासभामा विनोदकुमार खड्का, डोटीमा मोहनराज जोशी प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा भएका छन् ।

ललितपुरका सीडीओ तुल्सीबहादुर श्रेष्ठलाई गृह मन्त्रालयमा ल्याइएको छ भने ललितपुरमा रमेश ढकाललाई सीडीओ बनाएर पठाइएको छ। भक्तपुरमा यसअघि डोटीमा सीडीओ रहेका गोपालप्रसाद अर्याल आएका छन् भने भक्तपुरकी सीडीओ रोशनीकुमारी श्रेष्ठलाई राष्ट्रिय विपद जोखिम न्युनीकरण प्राधिकरणका सरुवा गरिएको छ।

ललितपुरका सीडीओ तुल्सीबहादुर श्रेष्ठलाई गृह मन्त्रालयमा ल्याइएको छ भने ललितपुरमा रमेश ढकाललाई सीडीओ बनाएर पठाइएको छ।

Source: Lokpath

 

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 40 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २६, शनिबार १५:३८
    • 29 views
    खानेपानी मन्त्रालय आगलागी प्रकरणः ५० लाख बराबरको क्षति ।

    काठमाडौं, माघ २६ गते । खानेपानी मन्त्रालयमा आज बिहान आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ । खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा भएको आगलागीमा दुई वटा टेलिभिजन, एउटा डेस्कटप,…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *