+
+
-- Sponsored Ad --

स्याअन सम्पर्क समाजकाे प्रगतिनगर उपसमिती गठन

1,015 पटक हेरिएको
Clock २०८० जेष्ठ २०, शनिबार १९:०४
-- Sponsored --

एन सन्चार, जेठ २० कावासाेती :  स्याङ्गजा अर्जुनचौपारी नवलपुर सम्पर्क समाजको प्रगतिनगर उपसमिती गठन भएको छ ।

जेठ २० गते सनिवारका दिन देवचुली नगरपालिका वडा नं १५ मा रहेको जनज्योति आधारभुत विद्यालयमा सम्पन्न भेलाले साविकको प्रगतिनगर समेटदै देवि प्रसाद सापकोटा संयोजक रहने गरि अन्य दुइजना सदस्य मिना काफ्ले र प्रेम प्रसाद खनाल सदस्य सहितको तिन सदस्यीय उप समिती गठन गरिएको हो ।

सस्थाका अध्यक्ष आत्माराम चापागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सस्थाका सचिव वेद प्रकास काफले, कोषाध्यक्ष लेखनाथ तिवारी, सह सचिव द्वय निस्चल गौडेल, शिव प्रसाद चापागाइ लगायत स्याङ्गजाको अर्जुनचौपारी गाउपालिकाबाट वसाइ सरि आएका आमावुवा दाजुभाइ तथा दिदिवहिनीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा वोल्दै  अध्यक्ष चापागाइले साविक अर्जुनचौपारी वाट नवलपुरका विभिन्न स्थानमा वसाइसरी आएका भाइवन्धुहरु एकत्रित भइ सस्थागत तरिकाबाट हरेक सामाजिक क्रियाकलापहरुमा सहभागी हुन तथा निस्वार्थ भावले सस्थाको हित हुने गरि कार्य गर्न सवैलाइ आग्रह समेत गर्नुभयो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win