मोटर साइकलको स्वरुप परिवर्तन गर्नेविरुद्ध नवलपुर प्रहरीको अप्रेसन

कावासोती, कात्तिक १५ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले मोटर साइकलको स्वरुप परिवर्तन गर्ने चालकविरुद्ध विशेष अप्रेसन सुरु गरेको जनाएको छ ।

ठूलो आवाज आउने गरी मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने चालकविरुद्ध विशेष अप्रेसन सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक जनकराज बन्जराले जानकारी दिए ।

एक महिनाको अवधीमा यसरी मोटर साइकलको स्वरुप परिवर्तन गर्ने १४ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।

मोटरसाइकल चालकले साइलेन्सर, ह्याण्डल, लाइटलगायतका पार्टपुर्जा परिवर्तन गर्ने गरेको ट्राफिक प्रहरीको भनाइ छ ।

सामान्य पार्टपुर्जा परिवर्तनलाई पाँचदेखि सातसय रुपैयाँ जरिवाना गरेर पठाउने गरिएको छ । ठूलो परिवर्तन गरेकाहरुलाई यातायात कार्यालय पठाउने गरिएको प्रहरी निरीक्षक बन्जराले बताए ।

यातायात कार्यालयले आफूकहाँ आएको स्वरुप परिवर्तनका मोटरसाइकल चालकलाई पाँचदेखि सात हजार रुपैयाँसम्म जरिवाना गर्ने गरेको छ । यातायात कार्यालयको अनुमतिविना मोटरसाइकलको स्वरुप परिवर्तन गर्न पाइँदैन ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ २८, सोमबार १८:२२
    • 94 views
    नवलपुर महोत्सवमा आदिवासी जनजाति महासंघको असहमति, संस्थागत सहभागिता नहुने

    दीपक भट्टराई, कावासोती ।  नवलपुर उद्योग वाणिज्य संघद्वारा माघ २५ गतेदेखि नवलपुरको कावासोती-१६, डण्डामा सञ्चालित आठौं नवलपुर महोत्सवप्रति नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नवलपुरले असहमति जनाएको छ। महासंघले…

    विस्तृत.....

    • २०८१ माघ २७, आईतवार २१:१७
    • 30 views
    नवलपुर महोत्सवमा सोमबारदेखि रत्यौली प्रतियोगिता सुरु ।

    माघ २६, नवलपुर । नवलपुर महोत्सवमा भोलि सोमबारदेखि रत्यौली प्रतियोगिता शुरु हुदैछ । नेपाली समाजमा बैवाहिक उत्सवको खुशीयालीमा दुलाहाका घरमा महिलाहले गर्ने सामुहिक मनोरुजनलाई पुस्तान्तरण र जगेर्ना गर्ने अभिप्रायले सातौं…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *