ट्रेकिङ गएर फर्कदै थिए नवलपुरका शिक्षक दम्पती, चितवन दुर्घटनामा परेर अस्ताए

  • समाचार
  • २०८१ कार्तिक २४, शनिबार १६:३७

कावासोती । मार्दी हिमालमा ट्रेकिङ गएर फर्किएका शिक्षक दम्पतीले चितवनमा शुक्रबार बिहान भएको दुर्घटनामा परेर ज्यान गुमाएका छन । नवलपुरको विनय त्रिवेणी गाउँपालिका ४ बगैँचाका ३५ वर्षिय सन्तोष भुषाल र उनकी श्रीमती ३३ वर्षिय सविना भुषालको नारायणगढ–मुग्लिन सडकखण्डको सत्रकिलोमा शुक्रबार बिहान भएको दुर्घटनामा परेर मृत्यु भएको हो ।

उनिहरु तिहार लगत्तै मार्दी हिमालमा ट्रेकिङ गएर घर फर्कदै थिए । उनिहरु दुवैजना शिक्षक हुन् । सन्तोषका साथि समेत रहनुभएका भरतपुर महानगरपालिका वडा नम्वर २३ का वडाध्यक्ष दिपक दवाडीले चितवन दुर्घटनामा परेर भुषाल दम्पतीको निधन भएको बताए । उनिहरुका एक छोरा र एक छोरी छन ।

शुक्रबार बिहान ३ बजे मुग्लिङबाट नारायणगढ तर्फ आउँदै गरेको बागमती प्रदेश ०६–००१ ज ०२९८ नम्बरको इलेक्ट्रिक हायस र नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २८१२ नम्बरको बस एक आपसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भुषाल दम्पतीसहित गोरखाको आरुघाट गाउँपालिका १ मान्बुका ४२ वर्षिय राज बहादुर गुरुङ, माईक्रोबस चालक चितवनको खैरहनी नगरपालिका वडा नम्बर ४ का ४० वर्षिय अनोज अधिकारी र भारत घर भई पोखरामा किराना पसल गर्दै आएका ३६ वर्षिय राजकुमार साह रहेका छन् । मृतक मध्ये सबै माईक्रोबसमा सवार यात्रु रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिए ।

सो दुर्घटनामा एकजना घाइते गम्भीर अवस्थामा उपचाररत छन् । सत्रकिलोमा बिहान तीन बजे तिर माइक्रो बस र बस एक आपसमा ठोक्किएका थिए । गम्भीर घाइते एकजनाको भरतपुरमा उपचार भइरहेको छ । अन्य चार जना घाईते भने उपचारपछि डिसचार्ज भएको प्रहरीले जानकारी दिएको छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 48 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २०, आईतवार २२:५३
    • 108 views
    अर्जुनचौपारीमा एच.पि.भी खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

    २० माघ, दिपक विश्वकर्मा: अर्जुनचौपारी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा एच.पि.भी.खोप अभियान २०८१ अन्तर्गत पालिका खोप समन्वय समितिका पदाधिकारीहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम माघ २० गते आइतबारका दिन सम्पन्न भएको छ…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *