जलवायु परिवर्तनको असरले नेपालको कृषि उत्पादनमा ४० प्रतिशत कमी

  • समाचार
  • २०८१ मंसिर १९, बुधबार २१:०५

काठमाडौं । जलवायु परिवर्तनको असरका विषयमा गण्डकी जलाधार क्षेत्रमा गरिएको अनुसन्धानले विगतको तुलनामा ४० प्रतिशत कृषि उत्पादन कमी आएको देखाएको छ ।

पाँच विश्वविद्यालय मिलेर दक्षिण एशिया क्षेत्रमा जलवायु परिवर्तनले कृषिमा पारेको असरका विषयमा गरिएको अध्ययनपछि यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो ।

त्रिभूवन विश्वविद्यालय भुगोल केन्द्रिय विभाग,चीनका दुई विश्वविद्यालय, भारतको दिल्ली इकोनोमी अफ भुगोल विभाग र बंलादेशका अध्ययन केन्द्रहरु रहेका थिए । उक्त अनुसन्धान गण्डकी जलाधार क्षेत्रमा पर्ने वागमती,गण्डकी प्रदेशका पाँच वटा जिल्ला रसुवा, नुवाकोट, चितवन, तनहुँ र कास्कीमा गरिएको थियो ।

गण्डकी जलाधार क्षेत्रमा गरिएको अनुसन्धानले जलवायु परिवर्तनले तापक्रममा परिवर्तन, वर्षाको ढाँचा, खडेरी बाढी तथा पहिरो आउने जस्ता असरले कृषि उत्पादकत्वमा असर गरेको देखाएको छ । अनुसन्धानले वर्षामा निर्भर खेती भएकाले कृषि क्षेत्रमा खडेरीबाट अत्याधिक प्रभावित बनाएको देखाएको छ ।

जलवायु परिवर्तनको कारण गण्डकी जलाधार क्षेत्रमा समेत वर्षा समेत कम भएको अध्ययनले देखाएको त्रिभूवन विश्वविद्यालय भुगोल केन्द्रिय विभागका प्राध्यापक डा. प्रेमसागर चापागाईंले बताउनुभयो । उहाँले वर्षातको समयमा समेत पानी पर्ने समय परिवर्तन हुने, समयमा पानी नपर्ने बढी वा घटी पर्ने जस्ता समस्या समेत देखापरेकाले नेपालको कृषि उत्पादमान ठूलो असर बनाएको अध्ययनले देखाएको बताउनुभयो ।

चापागाईंले अध्ययनको निष्कर्षअनुसार नेपाल,भारत,चीन र बंलादेश सबैतिर कृषि उत्पादनमा कमी देखिए पनि नेपालमा सबैभन्दा धेरै देखिएको बताउनुभयो । उहाँले विगतको तुलनामा नेपालको हिमाली क्षेत्रमा ४० प्रतिशतसम्म कृषि उत्पादकत्वमा कमी आएको अध्ययनमा देखिएको उल्लेख गर्नुभयो । उहाँले समयमा पानी नपर्दा किसानको लागत वृद्धि समेत भएको बताउनुभयो । उहाँले जलवायु परिवर्तनको कारण पानी नपर्दा खडेरीको कारण कृषिबालीहरु सुक्ने समस्याले बाँझो जमिन छोड्ने प्रवृत्ति बढेको उल्लेख गर्नुभयो । उहाँले विश्वविद्यालयको अध्ययनले जलवायु परिवर्तनको कारण कृषि क्षेत्रमा परेको असरले धेरै मानिसहरु बसाईसराई तथा वैदेशिक रोजगारीमा जाने क्रम बढेको जानकारी दिनुभयो ।

उहाँले नेपालको जलवायु सम्बन्धी नीतिहरु राष्ट्रियस्तरको रहेको तर भौगोलिक अवस्था फरक रहेको भन्दै जलवायु परिवर्तन सम्बन्धी नीतिहरु भौगोकि बनावटअनुसार बनाउनुपर्ने बताउनुभयो । उहाँले हिमाल,पहाड र तराई क्षेत्रको बनावटअनुसार स्थानीय स्तरसम्मका लागि नीतिहरु बनाउनुपर्ने अवस्था देखिएको बताउनुभयो ।

अनुसन्धानले नेपालमा जलवायु परिवर्तनको प्रभावका कारण किसानहरु कृषि कर्म छोड्दै वैदेशिक रोजगारीमा गइरहेको देखाएको छ । जलवायु परिवर्तनको कृषि उत्पादन घट्ने, लागत मूल्य बढ्ने, बालीनालीमा रोग तथा किराहरुको संक्रमण बढ्ने, बेमौसमी अधिक वर्षा, हावाहुरी र असिनाले बालीनालीमा ठूलो क्षति पु¥याउँदा किसानहरु जलवायु परिवर्तनको मारमा परेका छन् ।

अध्ययनले जलवायु परिवर्तनको असर सकारात्मक रहेको पनि देखिएको छ । नेपालका हिमाली र पहाडी क्षेत्रका उच्च भू-भागमा स्याउ र अन्न उत्पादनमा वृद्धि भएको छ । अनुसन्धानमा समेटिएका क्षेत्रका किसानले मौसम, कृषि सम्बन्धी सूचनामाथि विश्वास नगरेको देखिएको छ । तराईमा ३४ प्रतिशत, पहाडमा २२ प्रतिशत र हिमालमा ८.५ प्रतिशत घरपरिवारले मात्रै मौसम सम्बन्धी प्राप्त सूचनामा विश्वास गरेको पाइएको छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ पुष २५, बिहीबार २१:३३
    • 27 views
    नारायणी किनारमा १५ औं चितवन महोत्सव सुरु

    चितवन – नारायणगढको नारायणी नदी किनारमा १५ औं चितवन महोत्सव सुरु भएको छ । व्यापारिक तथा औद्योगिक बस्तुको प्रदर्शनीसहित बिहीबारदेखि महोत्सव सुरु भएको हो । चितवन उद्योग वाणिज्य संघले आयोजना गरेको…

    विस्तृत.....

    • २०८१ पुष २४, बुधबार ०९:२९
    • 21 views
    तिब्बत भूकम्प : ९५ जनाको मृत्यु, १३० घाइते

    कावासोती । तिब्बतको सिगात्से सहरमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् । चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार मङ्गलबार बिहान गएको भूकम्पमा…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *