+
+
-- Sponsored Ad --

फूलचाेकीबाट हराएकाहरू सम्पर्कमा आए ।

112 पटक हेरिएको
Clock २०८१ पुष ८, सोमबार २२:०६
-- Sponsored --

८ पुस, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकामा पर्ने फूलचोकी जंगलबाट हराएका १३ जना व्यक्ति प्रहरीको सम्पर्कमा आएका छन् । सोमबार फूलचोकीमा घुम्न गएका १३ जना व्यक्ति हराएको सूचनापछि प्रहरीले खोजी कार्य अघि बढाएको थियो ।

ललितपुरका एसएसपी शेखर खनालका अनुसार हराएका १३ जनानै प्रहरीको सम्पर्कमा आइसकेका छन् । ‘उनीहरू सम्पर्कमा आएका छन्,’ एसएसपी खनालले भने, ‘प्रहरीसहितको टोलीले अहिले उनीहरूलाई ल्याउँदैछ ।’

फूलचोकी डाँडामा हिँउदेयाममा घुम्न जानेहरूको भिड लाग्ने गर्छ । २७६१ मिटर अग्लो रहेको यो डाँडा काठमाडौं उपत्यका घेर्ने सबैभन्दा अग्लो डाँडा हो ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win