माधव सुवेदी, देवचुली, १७ चैत्र,०७७-
स्वास्थका लागी खेलकुद राष्ट्र का लागी खेलकुद भन्ने मुल नारा सहित देवचुलीमा मेयर कप फुटबल प्रतियोगिता मंगलबार देखि सुरु भएको छ । देवचुली नगर युवा तथा खेलकुद विकास समितिद्धारा आयोजित खेलमा देवचुली नगरपालिकाले आर्थिक सहयोग गरेको हो । फुटबल प्रतियोगिता देवचुली १७ को बरचुली माध्यमिक विद्यालयको खेलमैदानमा सुरु भएको छ । उद्धघाटन सत्रमा कार्यक्रमका प्रमुख अतिथी देवचली नगरपालिका नगर प्रमुख पूर्णकुमार श्रेष्ठले रेफ्रीलाई फुटबल हस्तान्तरण गरि खेलको समुदघाटन गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी श्रेष्ठले मेयर कप फुटबल प्रतियोगिताले नगरपालिका भित्र भएका उत्कृष्ट फुटबल खेलाडीलाई खेल जगतमा चिनाउन सहज भुमिका निर्वाह हुने वताउदै सम्पूर्ण खेलप्रेमीलाई शुभकामना व्यक्त गर्नुभएको थियो ।
पहिलो खेलमा युनाईटेड युवा क्लब रजहर र नारायणी युथ क्लब बिच प्रतियोगिता भएको थियो । उक्त खेलमा युनाईटेड युवा क्लब रजहर २–१ ले बिजयी भएको छ । युनाईटेड युवा क्लबको जितका लागि जर्सी नं ७ का अमित कुवरको पहिलो गोलले खेलमा अग्रता दिलाएको थियो । केही मिनेटमै नारायणी युथ क्लबका सन्जु तामाङ्गले १ गोल गर्दै खेललाई बराबरीमा पुर्याय । हाफ पछिको खेलमा युनाईटेड क्लबका सरोज सुनारले १ गोल गर्दै खेलमा अग्रता कायम गरे । खेलको निर्धारीत समय सम्म नारायणी युथ क्लबले गोल गर्न नसकेपछि खेलमा युनाईटेड क्लब २–१ ले बिजयी हुन सफल रह्यो । युनाईटेडका जर्सी नं १७ का सागर अधिकारी खेलको म्यान अफ दि म्याच भए ।
(भोली) बुधबार सह–आयोजक फारम निलो र केउरेनी युवा क्लब भिड्नेछन् ।
प्रतियोगिताको विजेता समूहलाई नगद रु १ लाख ५० हजार तथा उप विजेता समूहलाई नगद रु ७५ हजार साथै टफ्री, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । प्रतियोगिताको सेमिफाइनल पुग्ने प्रत्येक टिमले २०र२० हजार पाउनेछन् । प्रतियोगितामा १६ वटा टिमको प्रतिष्पर्धा रहने छ ।
कार्यक्रमको सञ्चालन देवचुली नगर युवा तथा खेलकुद विकास समितिका सचिव राजु चापागाईले गर्नुभएको थियो ।
खो खो खेलको उपलब्धि : नेपाली खेलकुद क्षेत्रमा नयाँ स्वाद
७ माघ, काठमाडौं । एक साताअघिसम्म खो खो खेलको बारेमा धेरै नेपाली खेलप्रेमी तथा खेल समर्थकहरू अनविज्ञ नै थिए । एक सातामा नेपाली खो खो खेलले व्यापक चर्चा कमाउन सफल…
विस्तृत.....