सितलहरका कारण चिप्लिएको ट्रकले दाउन्नेमा तीन सवारी साधनलाई ठक्कर दियो ।

कावासोती । शीतलहरले बाटो चिप्लो हुँदा नवलपरासी पश्चिमस्थित पूर्व-पश्चिम राजमार्गमा ट्रक अनियन्त्रित भई तीन सवारीसाधनलाई ठक्कर दिएको छ।

पूर्वी र पश्चिम नवलपरासीको सिमानामा रहेको दाउन्ने सडक खण्डमा नारायणढबाट भैरहवातर्फ गैरहेको लु २ ख ५९८२ नम्बरको ट्रकले विपरीत र सोही दिशामा गुडिरहेका तीन सवारीसाधनलाई ठक्कर दिएको हो।

ट्रकको ठक्करबाट ट्रक, मिनी ट्रक र कन्टेनरमा क्षति पुगेको छ। यद्यपि अहिले भने ठक्कर खाएका सवारीलाई पन्छाएर सडक एकतर्फी खुलाएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी डीएसपी रेशम बोहराले बताए।

शीतलहर बढेसँगै उक्त सडकखण्डमा जोखिम बढेको छ। मंगलबार राति दुवैतर्फ सडक अवरुद्ध भएकोमा बुधबार बिहान ३ बजेदेखि एकतर्फी खुलाइएको थियो । दुर्घटना हुने जोखिम बढेपछि पुनः राजमार्गमा सवारी साधन आवागमन बन्द गरिएकोमा दिउँसो खुलाइएको थियो।

सम्बन्धित समाचारहरूः

  • २०८१ माघ ७, सोमबार २२:०३
  • 7 views
माघ २५ गतेदेखि आठौं नवलपुर महोत्सव

कावासोती । आठौं नवलपुर महोत्सव माघ २५ गतेदेखि फागुन १० गतेसम्म सञ्चालन हुने भएको छ । नवलपुर उद्योग वाणिज्य संघको आयोजनामा आठौं नवलपुर महोत्सव हुने भएको हो । संघले शुक्रबार…

विस्तृत.....

  • २०८१ माघ ७, सोमबार २१:४७
  • 9 views
स्ववियु निर्वाचन चैत ५ गते हुने

७ माघ, काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत ५ गते गर्ने सहमति भएको छ । त्रिविका शिक्षाध्यक्ष डा खड्ग केसीको अध्यक्षतामा आज बसेको विद्यार्थी…

विस्तृत.....

Leave a Reply

Your email address will not be published. Required fields are marked *