बझाङमा एकै परिवारका तीन जना मृत भेटिए

  • समाचार
  • २०७९ श्रावण २५, बुधबार १८:३०

२५ साउन, धनगढी । बझाङमा एकै परिवारका तीनजना मृत अवस्थामा भेटिएका छन् । जिल्लाको बुङ्गल नगरपालिका-९ रारुमा स्थानीय पुष्कर पार्कीकी श्रीमती र उनका दुई जना छोराछोरी मृत फेला परेको प्रहरीले जनाएको छ ।

मृत भेटिनेमा पार्कीकी श्रीमती २२ वर्षीया गीता पार्की, पाँच वर्षीया छोरी भूमिका र तीन वर्षीय छोरा मोहित रहेको बझाङका निमित्त प्रमुख, प्रहरी निरीक्षक रमेश अवस्थीले जानकारी दिए ।

उनका अनुसार उनीहरु घर नजिकै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेकोले  जिल्लाबाट आएका प्रहरीको अनुसन्धान टोली घटनास्थलतर्फ गएको छ ।

स्थानीय प्रहरीले घटनास्थल शिल गरेको छ भने गए राति मात्र भारतबाट फर्किएका पुष्करलाई नियन्त्रणमा लिएको छ ।

मृत भेटिएकी महिलाका श्रीमान पुष्करले आफू निन्द्रामा भएका कारण घटनाबारे केही थाहा नपाएको बताएका छन् । उनी मंगलबारमात्रै भारतको पिथौरागढबाट घर आएका थिए ।

‘म त थाकेको थिएँ, निदाइहालेँ’, उनको भनाइ उधृत गर्दै वडाध्यक्ष हरिशबहादुर सिंहले भने, ‘बिहान छिमेकीले श्रीमती खोइ भनेपछि खोजी गरेका हौं ।’ घाँस काट्न गएकी स्थानीय महिलाले झुण्डिएको अवस्थामा देखेपछि घटना बाहिर आएको हो ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 48 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २०, आईतवार २२:५३
    • 108 views
    अर्जुनचौपारीमा एच.पि.भी खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

    २० माघ, दिपक विश्वकर्मा: अर्जुनचौपारी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा एच.पि.भी.खोप अभियान २०८१ अन्तर्गत पालिका खोप समन्वय समितिका पदाधिकारीहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम माघ २० गते आइतबारका दिन सम्पन्न भएको छ…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *