२४ घण्टामा ८ हजार ८४८ जना कोरोना संक्रमणमुक्त

२४ घण्टामा ८ हजार ८४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार देशभरबाट ८ हजार ८४८ जना निको भएका हुन् । यो सँगै नेपालमा निको हुनेको संख्या ३ लाख ८३ हजार ६८४ पुगेको छ । यस्तै पीसीआर विधिबाट गरिएको १९ हजार ३५७ परीक्षणमा २४ घण्टामा ८ हजार ५९१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । एन्टिजेन विधिबाट गरिएको ७४८ परीक्षणमा ३८९ जनामा पोजिटिभ देखिएको छ । हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख ५६ हजार ६४३ पुगेको छ । सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८०६ पुगेको छ भने क्वारेन्टाइनमा ८६६ जना रहेको मन्त्रालयले जनाएको छ । हालसम्म पीसीआर परीक्षण २८ लाख ९७ हजार ५०३ भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ पुष २५, बिहीबार २१:३३
    • 28 views
    नारायणी किनारमा १५ औं चितवन महोत्सव सुरु

    चितवन – नारायणगढको नारायणी नदी किनारमा १५ औं चितवन महोत्सव सुरु भएको छ । व्यापारिक तथा औद्योगिक बस्तुको प्रदर्शनीसहित बिहीबारदेखि महोत्सव सुरु भएको हो । चितवन उद्योग वाणिज्य संघले आयोजना गरेको…

    विस्तृत.....

    • २०८१ पुष २४, बुधबार ०९:२९
    • 21 views
    तिब्बत भूकम्प : ९५ जनाको मृत्यु, १३० घाइते

    कावासोती । तिब्बतको सिगात्से सहरमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् । चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार मङ्गलबार बिहान गएको भूकम्पमा…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *