+
+
-- Sponsored Ad --

विद्युत् महसुल नतिर्ने चितवनका १३ सयभन्दा बढी ग्राहककाे लाइन काटियाे ।

116 पटक हेरिएको
Clock २०८१ माघ १३, आईतवार १४:५१
-- Sponsored --
माघ १३,चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले एक हजार ३६८ ग्राहकको लाइन काटेको छ। समयमा विद्युत् महसुल नबुझाएका उनीहरूको लाइन गत साउनयता काटिएको हो।

कार्यालयका प्रमुख ई. रामु श्रेष्ठका अनुसार साउनदेखि पुस मसान्तसम्म महसुल नतिर्ने उनीहरूको लाइन काटिएको हो। यस अवधिमा एक हजार ४५६ जनाले बक्यौता रकम तिरेका छन्। उनीहरूबाट रु. दुई करोड ८२ लाख २१ हजार ९१६ राजस्व संकलन भएको छ।

प्रमुख श्रेष्ठका अनुसार एक हजार ६६८ जना ग्राहकबाट रु. चार करोड १३ लाख ९५ हजार पाँच सय ६७ बक्यौता उठाउन बाँकी थियो। वितरण केन्द्रले पुस मसान्तसम्म २८१ ग्राहकलाई कालोसूचीमा राखेको छ।रासस

उनीहरूबाट रु. एक करोड पाँच लाख ४६ हजार १८८ बक्यौता उठाउन बाँकी छ। वितरण केन्द्र प्रमुख श्रेष्ठले भने, ‘नेपाल विद्युत् प्राधिकरणको प्रचलित विनियमअनुसार ६ महिनासम्म महसुल नबुझाएका ग्राहकलाई कालोसूचीमा राख्ने प्रावधान छ।’

भरतपुर वितरण केन्द्रमा मासिक महसुल बुझाउने ग्राहकमध्ये ६२ प्रतिशतले अहिले अनलाइनबाट महसुल बुझाउने गरेका छन्। यस केन्द्रमा हाल ७२ हजार बढी ग्राहक छन्।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win