0 प्रतिक्रिया
कर्णाली र सुदूरपश्चिमका केही स्थानमा ठूलो वर्षाको सम्भावना ।
कावासाेती – आज कर्णाली र सुदूरपश्चिम प्रदेशको एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बाँकी पहाडी क्षेत्रका केही र तराईका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना छ ।
यस्तै लुम्बिनी र सुदूरपश्चिमको तराई भू–भागमा हल्का हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार राति लुम्बिनी र सुदूरपश्चिमको एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्नेछ ।
बागमती, गण्डकी र सुदूरपश्चिमको केही ठाउँ र बाँकी पहाडी, तराई क्षेत्रमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



