गैँडाकोटका १० विद्यालयलाई स्वास्थ्य तथा सरसफाई सम्बन्धी सामग्री हस्तान्तरण

गोविन्द रिमाल, गैँडाकोट असार २१
शिक्षा, युवा तथा खेलकूद शाखा गैंडाकोटको आयोजनामा बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत गैंडाकोटका १० ओटा विद्यालयलाई सरसफाई र सचेतना सम्बन्धी सामग्री प्रदान गरिएको छ । यस क्रममा गैंडाकोट ७ मा अवस्थित श्री नारायणी मावि लाई सरसफाई र सचेतना सम्बन्धी सामग्री हस्तान्तरण गरिएको हो । शिक्षा शाखाका अधिकृत मोतीप्रसाद रिजाल र पोषण कार्यक्रमका संयोजक गोपीकृष्ण भुषालको उपस्थितिमा सो सामग्री हस्तान्तरण गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चोलानाथ उपाध्याय, सदस्य बालुराम कुमाल र उमादेवी सापकोटा, विद्यालयका प्र.अ. मिलन श्रेष्ठ लगायत शिक्षकह?को उपस्थिति रहेको सो अनुशिक्षण कार्यक्रममा बालविवाह न्युनीकरण सचेतना, पोषण तथा सरसफाइ र कोभिड सचेतनासम्बन्धी अनुशिक्षण कार्यक्रमसमेत सम्पन्न गरिएको छ । विद्यालयह?लाई करिब १० हजार बराबरका सुरक्षा र सरसफाइसम्बन्धी सामग्री उपलब्ध गराइएको जानकारी अधिकृत मोतीप्रसाद रिजालले दिनुभयो । कार्यक्रमले शिक्षकबाट विद्यार्थी, विद्यार्थीबाट अभिभावकसम्म चेतना अभिवृद्धिमा सहयोग पुग्ने बहुक्षेत्रीय पोषण कार्यक्रम संयोजक गोपीकृष्ण भुषालले बताउनुभएको छ । कार्यक्रमले गैंडाकोटमा रहेका पञ्चकन्या आधारभूत विद्यालय, भाग्योदय आधारभूत विद्यालय, नारायणी मावि, रत्नराज्यलक्ष्मी मावि, अमरज्योति मावि, बालउदय आधारभूत विद्यालय, लक्ष्मी मावि, जनशक्ति आधारभूत विद्यालय, पञ्चज्योति आधारभूत विद्यालय र जनता मावि समेटिएको जानकारीसमेत उहाँले गराउनुभयो ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ १, मंगलवार १६:१७
    • 7 views
    यो वर्षको एसईई आगामी चैत ७ गतेदेखि, यस्तो छ समय तालिका

    कावासोती । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को समयतालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिका अनुसार एसईई चैत…

    विस्तृत.....

    • २०८१ आश्विन ३, बिहीबार ०८:३५
    • 144 views
    राष्ट्रिय शिक्षा दिवसको अवसरमा कावासोतीका उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थि सम्मानित

    असोज ३, कावासोती: दोश्रो राष्ट्रिय शिक्षा दिवसको अवसरमा बुधबार कावासोति नगरपालिका भित्रका उत्कृष्ट विद्यालय, शिक्षक एवं विद्यार्थिहरुलाई सम्मान गरिएको छ ।   नवलपुरको कावासोति नगरपालिकाद्धारा आयोजित पुरस्कार वितरण एवं सम्मान…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *