
एन. सन्चार, कावासाेती । स्याङ्गजा अर्जुनचौपारी नवलपुर सम्पर्क समाजको शुभकामना आदानप्रदान तथा चौथो बार्षिक साधारण सभा सम्पन्न भयको छ । कावासोती २ मा अवस्थित नर्मद्देश्वर शिवालय मन्दिरको जेष्ठ नागरिक सभाहल मा सो कार्यक्रम सम्पन्न भयको हो ।
सस्थाका अध्यक्ष आत्माराम चापागाइको अध्यक्षतामा आयोजित कार्यक्रम मा सस्थाका जेस्ठ नागरिक ९८ बर्शिय टिकाराम गोतामे प्रमुख अतिथि रहनुभयको थियो ।
विशिष्ठ अतिथीकाे रूपमा रहनुभएका कावासाेती १२ का निवर्तमान वडाध्यक्ष खेम प्रसाद काफ्लेले व्यानर बाचन गरि कार्यक्रमकाे उद्घाटन गर्नुभएकाे थियाे । वरिष्ठ उपाध्यक्ष शसिधर चापागाइकाे स्वागत मन्तव्य रहेकाे कार्यक्रमकाे सन्चालन सचिव वेद प्रकास काफ्लेले गर्नुभएकाे थियाे । कार्यक्रममा उपस्थित अन्य सदस्यहरूकाे समेत मन्तव्य समेटिएकाे थियाे भने अधिकांसले संस्थाकाे उन्नति प्रगतिकाे कामना गरेका थिए ।
साविकको स्याङ्गजा जिल्लाका अर्जुनचौपारी, रापाकोट, दरौ, पञ्चमुल, आरुचौर गाविस हरु समेटी हाल स्थापित अर्जुनचौपारी गाउपालिका थातथलो भै हाल बसाइसरी नवलपुरका विभिन्न स्थानहरुमा बसोवास गरिरहनुभयका मानिसहरुलाइ एकत्रित गरि भातृत्वप्रेम, भाइचारा तथा बन्धुबान्धुत्वको भावना बिकास गराउदै समाजका हरेक गतिबिधिहरुमा अग्रसर रहने पवित्र उद्धेस्य वोकेर २०७५ सस्था स्थापित भयको हो ।।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहनुभएका जेष्ठ नागरिक टिकाराम गोतामेले नगद रु २५ हजार को अक्षय कोष स्थापना गर्नुभयको छ । त्यस्तै अक्षयकोष निर्माण कर्ता मध्ये क्रमसः जय नारायण लम्साल ६ हजार तथा गुरुदत्त पौडेलले ५ हजार, १०, रकम वरावरको अक्षयकोष निर्माण गर्नुभएको थियो । सस्थाले कार्यसमितका केही पदहरुमा हेरफेर समेत गरेको छ । कार्यक्रममा जेस्ठ नागरीक, अक्षय कोष सस्थापक, आजिवन सदस्य लगायतकालाइ सम्मान समेत गरियको थियो ।
यसरी आएको थियो सस्था स्थापनाको अवधारणाः
मिति २०७५ पौष २७ गतेका दिन अर्जुन चौपारी गाउँपालिकाबाट तत्कालिन पालिका अध्यक्ष, पञ्चकन्या विद्यालयका पदाधिकारी, महायज्ञ संयोजक, लगायत अन्य व्यक्तित्वहरुसँग छलफल गरि अर्जुन चौपारी स्थित पञ्चकन्या मा.वि.ले. प्राविधिक शिक्षा सञ्चालनको लागि आयोजना गरेको २०७५ माघ ३ देखि १० गतेसम्म चल्न गइरहेको धनधान्याञ्चल महायज्ञका लागि यस नवलपुर भित्र रहनु भएका सम्पूर्ण व्यक्तिहरुलाई भेला आव्हान गरि भेला गर्ने निर्णय गरिएको थियो ।
भेलामा उपस्थित अधिकांस व्यक्तित्वहरुबाट हामी हाम्रो आफ्नै पुख्र्यौली थात थलो भएकोले आफ्नो गा.वि.स. अर्थात गाउँपालिकामा प्राविधिक शिक्षा लागु हुन्छ र हाम्रो बाबुनानीहरु आफ्नो घरमा काम गरेर प्राविधिक शिक्षा पढ्न पाउछन् भने हामीहरु पनि यस पञ्चकन्या मा. चि. लाई सहयोग गर्नुपर्छ भन्ने मनसायका आएपछि सवैजना एकत्रित भै हरसम्भव सहयोग संकलन गरि करिव ७ लाख रुपैया सो विद्यालयमा सहयोग गर्न सस्था समर्थ भएको थियो ।
विभिन्न जिल्लाले पैत्रिक थात थलो र बसाईको क्रममा हाल नवलपुरमा बसोबास गर्ने क्रममा सम्पर्क समाज गठन गरेको पाएपछि संस्थाका हालका अध्यक्ष, सचिव कोषाध्यक्ष लगायतको समुहले साविक गाविसहरु अर्जुन चौपारी, रापाकोट आरुचौर पञ्चमूल, दरौ र हाल अर्जुन चौपारी गाउँपालिका भित्र पर्ने विभिन्न गाउँमा पैतृक थलोको रुपमा बसोबास, जन्म, शिक्षा, रोजगारी गर्दागर्दै र जिल्लाका विभिन्न क्षेत्रमा छरिएर रहनु भएका बासिन्दाहरुलाई एक सूत्रमा बाँधि निष्पक्ष रुपमा राजनितीक सरोकार रहित समाजको निर्माण गरि आवश्यक गतिविधिहरु (जन्म, मृत्यु, विकास कार्य, यज्ञ, सस्कृति, रोजगार) मा सक्रियताका साथ सहभागिता, सुझाव, सल्लाह एवम् सहयोग गर्दै विभिन्न क्षेत्रमा समाजको नाम रोशन पार्नु यस सस्थाको मूल उद्देश्य राखि २०७७ चैत्र १३ गते नवलपुरमा विधिवतरुपमा दर्ता गरि तदर्थ समिति तयार गरेर संस्था सञ्चाल गर्दै आएको थियो । यसैक्रममा मिति २०८० जेठ १२ गतेको वृहत भेलाले विधान बमोजिम १७ सदस्यीय कार्यसमिति सर्वसम्मत् चयन गरि हाल चौथो बार्षिक साधारण सभा सम्म आइपुगेको हाे ।
सम्पूर्ण अर्जुन चौपारीमा रहनुभएका तथा हाल वसाइसरी नवलपुरको विभिन्न स्थानहरुमा वसोवास गरिरहनुभएका बन्धुहरु बिचको एकता, आपसी सद्भाव, मेलमिलाप तथा स्याङ्गजाली कला, एवम् संस्कृति र सभ्यताको सरक्षण एवम् संवर्दन गर्दै कुनै क्षेत्र, दलगत, जातजाती, पक्ष विपक्ष विखण्डनमा नलागी वा राजनितीक सरोकार रहित समाजको निर्माण गरि आवश्यक गतिविधिहरु (जन्म, मृत्यु, यज्ञ, सस्कृति, विकास, रोजगार) मा सक्रियताको साथ विशुद्ध समाज सेवाको भावना साथै बन्धुत्वको विकास र समग्र देश विकासको कार्यमा सवैसँग हातेमालो गरि सामाजिक विकासमा अग्रसर रहने प्रण गर्दै स्याङ्गजा अर्जुन चौपारी नवलपुर सम्पर्क समाज अगाडी वढिरहेको छ ।