+
+
-- Sponsored Ad --

पिठौलिको ऐतिहासिक हरिबोधनी मेलामा चर्चित कलाकारहरुको प्रस्तुती रहने ।

103 पटक हेरिएको
Clock २०८२ कार्तिक १४, शुक्रबार २२:५३
-- Sponsored --

विजय ढकाल, कावासोती : पूर्वी नवलपरासीको कावासोती नगरपालिका– १२ पिठौलीको नारायणी नदी किनारमा अवस्थित पिठौली चौरमा यो वर्ष पनि ऐतिहासिक हरिबोधनी एकादशी मेला तथा विविध सांस्कृतिक कार्यक्रमहरू भव्य रूपमा आयोजना हुँदैछ।

बर्सेनि लाग्ने यो मेलाले स्थानीय तथा आसपासका जिल्लाबाट हजारौं भक्तजन र पर्यटकलाई आकर्षित गर्ने आयोजकको अपेक्षा छ।

पिठौली हरिबोधनी एकादशी मेला लामो समयदेखिको धार्मिक–सांस्कृतिक परम्परा हो। नारायणी नदीको पवित्र किनारमा दशकौंदेखि मनाइने यो मेला भगवान विष्णुको चार महिनाको योगनिद्राबाट जागरणको प्रतीक हो।

स्थानीय विश्वासअनुसार, नारायणी स्नानले पापमोचन र मोक्ष प्राप्त हुन्छ। विगतका वर्षहरूमा पनि यो मेलामा नारायणी घाटहरू (पिठौली, शिख्रौली, घुमारी, गुन्द्रही आदि) मा भक्तजनको भीड लाग्ने गर्दथ्यो। बिगत देखि नै चर्चित र ऐतिहासिक यो मेला कावासोती क्षेत्रको प्रमुख धार्मिक पहिचान बनेको छ।

थारु, गुरुङ, मगरलगायतका समुदायको सहभागिताले यसलाई बहु–सांस्कृतिक उत्सवको रूप दिन्छ। मेलामा पहाडी सुन्तला, सखरखण्डका साथै थारु समुदायका मौलिक परिकारहरूको स्वाद लिन सकिनेछ । स्थानीय उत्पादन र सस्कृतिले मेलालाई थप आकर्षक बनाउने गरेको छ ।

भक्तजनहरूले नारायणी स्नान, तुलसी विवाह र भगवान विष्णुको पूजाआराधना गर्दै पुण्य कमाउँछन्। मेलाको मुख्य आकर्षणको रुपमा चर्चित कलाकारहरूको मनोरञ्जनमूलक प्रस्तुति समेत रहनेछ ।

मेलामा लोकप्रिय गायक राजन गुरुङ, विक्रम परियार, सागर बिसी, सपना परियार र सुमित्रा गुरुङ लगायत स्थानिय कलाकारहरूको दमदार प्रस्तुती रहनुका साथै यो मेला अझै सभ्य, भब्य र यादगार रहने मेला आयोजक समितिका अध्यक्ष सागर गुरुङ ले जानकारी दिनुभयो ।

मेला व्यवस्थापनका लागि स्थानीय प्रशासन, प्रहरी र स्वयंसेवकहरूको विशेष टोली परिचालित छ। पार्किङ, स्वास्थ्य केन्द्र र सुरक्षा व्यवस्था कडा गरिएको छ।

एन सञ्चार मिडिया प्रा.लि. मेलाको आधिकारिक मिडिया पार्टनर रहेको छ, जसले प्रत्यक्ष प्रसारण र समाचार सम्प्रेषण गर्नेछ।

यो मेलाले धार्मिक एकता, सांस्कृतिक समृद्धि र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win