कोभिडबाट एकैदिन २ सय १४ जनाको मृत्यु, ८९ सय ६० संक्रमित थपिए

काठमाडौं । नेपालमा कोभिडबाट एकैदिन २ सय १४ जनाको मृत्यु भएको । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा २ सय १४ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोभिडबाट मृत्यु हुनेको संख्या ४४ सय ६६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर गरिएको १९ हजार ४७४ पीसीआर र ७ सय७१ एन्टिजेन परीक्षणमा ८ हजार ९६० जनामा कोभिड संक्रमण देखिएको छ । योसँगै देशभर कोभिड संक्रमितको संख्या ४ लाख ३१ हजार १९१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ५५ जना निको भएसँगै देशभर कोभिड संक्रमणमुक्त हुनेको संख्या ३ लाख २१ हजार ५१८ पुगेको छ ।

देशभर १ लाख ५ हजार २०७ जना आइसोलेसनमा रहँदा १३ सय ८१ जना आईसीयू र ३ सय ८० जना भेन्टिलेटरमा छन् ।

Source: https://www.imagekhabar.com/news/226109/

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ ११, शुक्रबार १२:०२
    • 27 views
    विनयी खोलाको पुल बन्नझण्डै १ वर्ष लाग्ने,निरीक्षण भन्दै मन्त्रीहरु पुगेपनि ठोस निर्णय हुन बाँकी ।

      माघ ११, कावासोती ।  पूर्वपश्चिम राजमार्ग अन्तरगत नारायणगढ –बुटवल सडक खण्डमा पर्ने विनयी खोलाको भाँचिएको पुल बन्न झण्डै एकवर्ष लाग्ने भएको छ । क्षमताभन्दा बढी भार बोकेको भारतीय नम्बरको…

    विस्तृत.....

    • २०८१ माघ १०, बिहीबार १०:०५
    • 8 views
    पितौजीमा २ सय ५६ किलो गाँजा सहित भारतिय ट्रक पक्राउ

    कावासोती । नवलपुरको गैँडाकोट-१० पितौजीमा २ सय ५६ किलो गाँजा सहित भारतिय ट्रक पक्राउ परेको छ । पितौजीमा रहेको सशस्त्र प्रहरीको गुल्मबाट खटिएको टोलिले पुर्व बाट पश्चिम जाँदै गरेको जे…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *