+
+
-- Sponsored Ad --

हुप्सेकोट गाउँपालिकामा उत्कृष्ट १० उद्यमलाई रु एक लाख नगद सहित सम्मान

300 पटक हेरिएको
Clock २०८२ माघ १५, बिहीबार १७:५०
IMG_4470
-- Sponsored --

माघ १५, कावासोती ।
हुप्सेकोट गाउँपालिकाका हजारौँ उद्यम मध्य उत्कृष्ट १० उद्यमलाई रु एक लाख नगद सहित सम्मान गरिएको छ । विभिन्न विधाका उत्कृष्ट ९८ उद्यम मध्यबाट पनि सर्वोत्कृष्ट बन्न सफल उद्यमहरुलाई नवलपुरको हुप्सेकोट गाउँपालिकामा बुधबार भएको “उत्कृष्ट १० उद्यम घोषणा कार्यक्रम” मार्फत सम्मान गरिएको हो । गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालय, हुप्सेकोट गाउँपालिका र दायित्व संस्था विच त्रिपक्षिय साझेदारिमा सञ्चालन भैरहेको वृद्धिमुखि उद्यमशिलता तथा रोजगारि प्रवर्धन अन्तर्गत “उत्कृष्ट १० उद्यम घोषणा कार्यक्रम” गरिएको दायित्व संस्थाका फिल्ड अधिकृत लक्ष्मण ठाडाले जानकारी बताउनुभयो ।
गाउँपालिकामा आँफुलाई उत्कृष्ट दावि गर्दै परेका फरक फरक विधाका ९८ उद्यम मध्यबाट, पहिलो चरणमा उत्कृष्ट चालिसलाई छनौट गरि विभिन्न सूचकहरुमा गरिएको मूल्याङ्कनबाट उत्कृष्ट १० लाई सम्मान गरिएको गाउँपालिकाका रोजगार संयोजक तिर्थराज रेग्मीले बताउनुभयो । विभिन्न चरणमा गरिएको फिल्ड अनुगमन, उद्यम सञ्चालन गर्नुअघि तालिम लिए नलिएको, सञ्चालकको नेतृत्व क्षमता, कार्यस्थलमा उस्ले देखाएको प्रस्तुति, भावि योजना र ति उद्यमले समाजमा गरेको सेवा एवं पारेका प्रभाव लगायतको मूल्याङ्कनबाट ७५ प्रतिशत र भोटिङ्गबाट २५ प्रतिशतको आधारमा उत्कृष्ट १० भित्र पर्न सफल उद्यमलाईसम्मान गरिएको रेग्मीले बताउनुभयो ।
हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मि देवि पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा, उद्योग तथा पर्यटन मन्त्रालय, घरेलु तथा साना उद्योग कार्यालयका वरिष्ठ प्रशासकिय अधिकृत विक्रम सुवेदी, हुप्सेकोट गाउँपालिका लेखा अधिकृत राजेन्द्र प्रसाद रेग्मी, शिक्षा, युवा तथा खेलकुद साखा प्रमुख माधव राज गौतम, उद्योग संघका पिताम्बर कोईराला लगायतको विषेश आतिथ्यता रहेको थियो ।
कार्यक्रममा थमन अर्गानिक एग्रि फर्म, प्रेम पिण्ड तरकारी फर्म, मित्रबाटिका कृषि फर्म, सि.यन. कृषि तथा पशुपंक्षि फर्म, सिजन सटिङ्ग सुटिङ्, झरना खोला सामुदायिक मगर होमस्टे, पोख्रेल कृषि तथा पशुपंक्षि फर्म, कृष्ण पोल्टि फर्म, रातेखरक वंगुर तथा कृषि फर्म र बन्दना ब्यूटि पार्लर एण्ड कस्मेटिक गिफ्ट हाउसलाई एक,एक लाख नगद सहित सम्मान गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष पाण्डेले उत्कृष्टमा पर्नुहुने सबैलाई अझ बढि चुनौति थपिएको भन्दै गाउँपालिकाले सानो ईटा थपेर प्रोत्साहन दिने कार्य मात्र गरेकोले त्यो प्रोत्साहन अमुल्य बनोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा सबैभन्दा धेरै अंक ल्याएर उत्कृष्ट बन्नु भएका थमन अर्गानिक एग्रि फर्मका सञ्चालक थम बहादुर रजालि मगरले नेपालमा आज पनि कृषि पेशालाई अनपढहरुले गर्ने पेशाको रुपमा लिने गरिएको उल्लेख गर्दै उक्त भ्रमलाई चिरेर कृषि पनि उद्योग जस्तै हो भन्ने तथ्य स्थापित गर्नु आवश्यकता रहेको बताउनुभयो । उहाँले कृषि कै माध्यामबाट आफुहरुले १५,२० जनालाई नियमित रोजगारि प्रदान गरिरहेको उल्लेख गर्दै, स्थानिय देखि राष्ट्रिय स्तरमा समेत आफुले पाएका सम्मानले अनवरत रुपमा रोजगार जोडिरहने, नयाँ कृषिमा नयाँ उद्यम जोड्दै जाने प्रेरणा मिलेको बताउनुभयो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win