थप १३९ जनामा कोरोना संक्रमण, एक संक्रमितको मृत्यु : कोभिड अपडेट

कात्तिक २०, काठमाडौं ।। पछिल्लो २४ घण्टामा देशभर १३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

२ हजार १३४ नमुनाको पीसीआर परीक्षणमा १२८ र १ हजार ७९८ नमुनाको एन्टिजेन परीक्षण गर्दा ११ गरी १३९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शनिवार ३ सय ९६ जना संक्रमित उपचारपछि निको भएका छन् ।  हाल देशभर ८ हजार १४४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।हालसम्म कूल सङ्क्रमितमध्ये ७ लाख ९४ हजार ८३४ जना सङ्क्रमित निको भइसकेका छन् । नेपालमा निको हुने दर ९७.६ प्रतिशत रहेको छ । यही अवधिमा थप १ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउने सङ्ख्या ११ हजार ४३९ रहेको छ । 

देशभर थप १ हजार ९८५ जनाले खोप लगाएका छन् । खोप अभियान सुरु भएदेखि अहिलेसम्म कूल १ करोड ६१ लाख ७१ हजार ३२९ मात्रा खोप लगाइसकिएको छ । कम्तीमा पहिलो मात्रा लगाउनेमा ८७ लाख ३६ हजार ५३२ जना रहेका छन् भने पूर्ण मात्रा खोप लगाउनेमा ७४ लाख ३४ हजार ७९७ जना रहको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।