निकुञ्‍जमा सैनिकको शव फेला, पारिवारीक श्रोत भन्छः हत्या हो ।

चितवन — चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि खटिएका एक जना सैनिक मृत भेटिएका छन् । निकुञ्जमा विशेष गस्तीका लागि आएको रेञ्जर बटालियनका हवल्दार गगनबहादुर शाही निकुञ्जको सिमाना भएर बग्ने राप्ती किनारमा मंगलबार बिहान मृत फेला परेको चितवन प्रहरीले जनाएको छ ।

शाहीका परिवारले भने घटना रहस्यमय देखिएको हुँदा निष्पक्ष छानबिन गर्नुपर्ने माग गरेका छन् ।

निकुञ्ज सुरक्षाका लागि तैनाथ खड्गदल गणका प्रमुख कर्णेल सुधीर केसीले घटनाका बारेमा अनुसन्धान भइरहेको बताए । निकुञ्ज क्षेत्रमा नियमित तैनाथ रहने सेनाको गणका साथै बेलाबेलामा अन्य विशेष टोलीहरु पनि आउने गर्दछन् । त्यस्ता टोलीहरु निश्चित सयम निकुञ्जमा बसेर फिर्ता हुन्छन् । शाही त्यस्तै विशेष टोलीको सदस्य भएको कर्णेल केसीले बताए ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्य थापाले सोमबार साँझ निकुञ्जबाट शाहीसहित तीनजना सैनिक गाउँ आएर दुईजना पोस्टमै फर्केको तर शाही मंगलबार बिहान मृत फेला परेको बताए । ‘उनीहरु बस्ने गरेको पोस्टबाट तीनजना बाहिर आएका रहेछन् । मेघौलीको गोलाघाट आएर साँझ फर्कंदा दुई जना डुंगा चढेर गएछन् । शाहीले म डुंगा तर्दिनँ भनेको रहेछन्,’ डीएसपी थापाले भने ।

निकुञ्जको पश्चिम क्षेत्र लामितालनजिक बाघमारामा उनीहरु पोस्ट खडा गरेर बसेका थिए । ‘डुंगा तरेर आएकाहरु आफ्नो पोस्टमा आएछन् तर शाही आएनन् । बीचमा अर्को पोस्ट पनि रहेछ । उनीहरुले शाही सायद त्यतै बस्यो होला भन्ने ठानेछन् र सुतेछन् । हिजो बिहान अरु पोस्टमा पनि नगएको पत्ता लागेपछि खोजी भएछ । हामीलाई भने बिहान पौने १० बजेतिर शव भेटिएको जानकारी आएको थियो,’ डीएसपी थापाले भने ।

कर्णेल केसीले ढुंगा तर्ने ठाउँभन्दा झन्डै पाँच ६ सय मिटर तल शाहीको शव भेटिएको बताए । शाही दैलेख नौमुले गाउँपालिका–१ राइली गाउँका हुन् । परिवारले उनको निधन भएको खबर मंगलबार दिउँसो पायो । ‘त्यसपछि रातारात गाडी चढेर हामी आज (बुधबार) बिहान भरतपुर आयौं । त्यो शव त चिन्है गाह्रो छ । हामीलाई गगनको शव हो भन्ने नै विश्वास लागेन,’ मृतकका जेठान लालबहादुर चन्दले भने ।

राप्ती खोलाले यो बेला मान्छे बगाउन सक्ने अवस्था नरहेको र आफ्नो ज्वाइँ शाही पौडन पनि जानेका कारण खोलाले बगाएर मृत्यु भएको कुरा आफूहरुलाई विश्वास नलागेको चन्दले बताए । ‘शव चिन्न पर्‍यो भनेर लगे तर चिन्ह नै सकिएन । अनुहार पूरै फुलेको छ । चोट पनि देखिन्छ । यो गगनकै शव हो भन्ने यकिन गर्न पहिला डीएनए परीक्षण गर्नु पर्‍यो । अनि बल्ल अरु प्रक्रिया अगाडि बढोस्,’ चन्दले भने ।

डीएसपी सूर्य थापा भने मृतकको निधारको माथि खस्रेको जस्तो दाग देखिए पनि पहिचान गर्न नै नमिल्ने गरेर शव नबिग्रेको बताउँछन् । शाहीसँग त्यो साँझ साथमा रहेका दुई जनासँग प्रहरीले सोधपुछ सुरु गरेको उनले बताए । मृतकका जेठान लालबहादुर चन्दले डीएनए परीक्षण भएपछि मात्रै पोस्टमार्टम हुनु पर्ने र दोषी पत्ता लगाएर कारबाही गर्ने पक्का नहुँदासम्म शव नबुझ्ने बताएका छन् ।-कान्तिपुर

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 48 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २८, सोमबार १८:३५
    • 36 views
    राष्ट्रिय पञ्चायतकी चर्चित सदस्य नानीमैया दाहालको निधन

    काठमाडौं । राष्ट्रिय पञ्चायतकी चर्चित सदस्य नानीमैया दाहालको निधन भएको छ । काठमाडौंका मित्रपार्कस्थित दीर्घायु अस्पतालमा उपचारका क्रममा निधन भएको गोकर्णेश्वर–६ का पूर्ववडाध्यक्ष तथा मित्रबन्धु कल्याणकारी गुठीका अध्यक्ष रमेश अर्यालले…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *