+
+
-- Sponsored Ad --

कोविढ का कारण जिविकोपार्जनमा समस्या भएका हरुलाइ अर्जुनचौपारी ४ मा खाद्यान्न वितरण ।

834 पटक हेरिएको
Clock २०७८ जेष्ठ २३, आईतवार १८:४१
-- Sponsored --

अर्जुनचाैपारी, स्याङ्जा : नेपाली काङ्ग्रेस अर्जुनचौपारि ४ न. वडा इकाई समन्वय तथा आर्थिक संकलनमा १५० घरधुरिलाई खाध्य सामाग्री वितरण गरेको छ।

नेपाली काङ्ग्रेस ४ न. वडामा रहेका क्रियाशील सदस्यहरु तथा जिल्ला केन्द्र अनि प्रदेशमा रहेका नेपाली काङ्ग्रेसका जनप्रतिनिधि कार्यकर्ता तथा समाजसेबि ब्यापारीहरुको आर्थिक सहयोगमा यो राहत बितरण गरिएको हो ।

विश्व भरी फैलिएको कोविढ १९ महामारी कारण दैनिक ज्याला मजदुरी गरि परिवार पाल्ने तथा अशक्त अपांग बृद्ध तथा साहरा नभएका एकल महिलाहरु गरि जम्मा १५० घर लाई यो राहत बितरण गरिएको हो । राहत बितरण कार्यक्रममा सम्पुर्ण सुरक्षामा मापदण्ड पूरा गरि रापाकोट प्रहरीको कार्यलाई सग समन्वय गरि राहत बितरण कार्यक्रम सम्पन्न गरिएको छ ।

नेपाली काङ्ग्रेस ४न.वडा इकाई अध्यक्ष बेल प्रसाद गुरुङको अगुवाइमा राहत वितरण गरिएको हो । नेपाल महिला सघ अर्जुन चौपारी गाउँ पालिका सभापति सपना गुरुङले कोविढ १९ का कारण प्रत्यक्ष प्रभावित भएका गरिव तथा निमुखा वर्गहरुमा केही सहज हुन सक्ने बताइन ।

राहत बितरण कार्यक्रममा समाजसेवि भुवन सिङ गुरुङ, उम्बशिह गुरुङ, डिल बहादुर गुरुङ, दुर्गा बहादुर नेपाली, नेपाल दलित सघ अर्जुन चौपारीका सचिब दिपक बिक लगाएतकाको सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण कुमार सुनुवारले गरेका थिय । ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win