नवलपुर प्रहरीद्धारा लामो दुरीको ग्रामीण गस्ती
कावासोती । नवलपुर प्रहरीले लामो दुरीको ग्रामीण गस्ती (लङ रुट पेट्रोलिङ ) सुरु गरेको छ ।
चाडपर्वको समयमा जिल्लाको ग्रामीण क्षेत्रमा हुन सक्ने आपराधिक गतिविधिहरूलाई रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यका साथ लामो दुरीको ग्रामीण गस्तीको सुरुवात गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख , प्रहरी निरीक्षक यादव ढकालले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालयमा बुधबार आयोजना भएको पत्रकार भेटघाट कार्यक्रममा प्रहरी उपरीक्षक ढकालले प्रहरीबाट यस अघि पनि लामो दुरीको ग्रामीण गस्ती हुने गरे पनि सवारी साधनबाट आवतजावत गरि हुँदै आएको तर , यसपालि देखि पैदल गस्तीको सुरुवात गरिएको बताउनुभयो ।
प्रहरीको प्रत्यक्ष उपस्थिति नभएको स्थानमा लामो दुरीको ग्रामीण गस्ती प्रभावकारी हुने भएको यो कार्यक्रम सुरुआत गरेको ढकालले बताउनुभयो ।
यस कार्यक्रम अन्तरगत पहिलो रुट कावासोती – २ हुँदै हुप्सेकोट , शंखदेव पाङग्रेघाट, धोवादी, रुद्रपुर, शान्तिपार्क, पोखरी डाँडा, हात्तिखोरको रुटमा पैदल गस्ती सम्पन्न गरिएको उहाँले बताउनुभयो । यस क्रममा नदीबाट अवैद्य रुपमा उत्खनन भएका पो छन की ? कहीँ कतै फरार रहेका कुनै प्रतिवादीहरू नयाँ लुकेर बसेका छन की भन्ने बारेमा समेत सूचना सङ्कलनको कार्य गर्ने प्रहरी उपरीक्षक ढकालले बताउनुभयो । यस्तै गरि स्थानीय नागरिकमा विभिन्न सचेतनाको काम समेत गर्ने उहाँले बताउनुभयो ।
गस्तीमा गएको प्रहरी टोलीले कहाँ कहाँ पुग्यो के कस्ता काम गर्यो , कस्ता सूचना प्राप्त गर्यो भन्ने बारेमा फर्म समेत सँगै लैजाने र पूरा विवरण समेत भरेर पेश गर्नुपर्ने उहाँले जानकारी दिनुभयो । यस कार्यले जिल्लाको सुरक्षा मजबुत बनाउका लागि टेवा पुग्ने भएकाले लामो दुरीको ग्रामीण गस्ती प्रभावकारी हुनेमा आफूहरू विश्वस्त रहेको उहाँको भनाई छ ।
लामो दुरीको ग्रामीण गस्ती प्रहरीको प्रत्यक्ष उपस्थित नभएको विषेश गरेर नवलपुरका पहाडी क्षेत्रहरूलाई लक्षित गरेर सञ्चालन गरिने छ । जिल्लाको आठ वटै पालिकामा रहेको पहाडी क्षेत्रमा क्रमशः यो कार्यक्रम गरिने उहाँले बताउनुभएको छ ।
पत्रकार सम्मेलनमा प्रहरीमा आएका मुद्दाहरू र प्रहरीले गरेका विभिन्न कामहरूका बारेमा समेत जानकारी गराइएको थियो ।
विषेश गरेर अहिले चाडपर्वलाई लक्षित गरेर सञ्चालन गरिएको जिल्ला सुरक्षा योजना अन्तरगत रहेर जुवातास नियन्त्रण , सवारी चेकजाँच , पटाका जन्य वस्तु नियन्त्रणमा प्रहरीले प्राथमिकता दिएर काम गरिरहेको उहाँले बताउनुभयो ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
कावासोती : हुप्सेकोट ४ झ्यालबास स्थित ज्वाला मा.वि.ले
कावासोती : हुप्सेकोट गाउँपालिका वडा नम्बर ३ गिरुवारी
सन्जय भट्टराई, कावासोती । पुर्व पश्चिम राजमार्ग छेवैमा जोडिएको