
गण्डकी प्रदेशमा नयाँ सरकार गठन भएसँगै प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले राजिनामा दिनुभएकाे छ । उहाँले आज बिहान प्रदेश प्रमूख सीताकुमारी पाैडेल समक्ष राजिनामा दिनुभएकाे हाे । हिजाे शनिबार नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पाेखरेलकाे नेतृत्वमा नयाँ सरकार गठन भएकाे हाे । निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले घिमिरेलाई २०७४ फागुन २१ गते प्रदेशकाे मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नुभएकाे थियाे ।