बाढीपीडितको उद्धार गर्न अखिल र युवा सङ्घ टोली परिचालन

 अनेरास्ववियू र राष्ट्रिय युवा सङ्घले सिन्धुपाञ्चोकको मेलम्ची तथा हेलम्बु क्षेत्रका बाढीपीडितलाई उद्धार र राहत सामग्री वितरणका लागि टोली परिचालन गरेको छ । अखिल र युवा सङ्घले उक्त क्षेत्रका बाढीपीडितलाई उद्धार र राहत सामग्री वितरण गर्नका लागि छुट्टाछुट्टै टोली परिचालन गरेको हो । मङ्गलबार राति अविरल वर्षाका कारण मेलम्ची र हेलम्बु बजार डुबान हुँदा सर्वसाधारण विस्थापित भएका छन् ।

अखिलका अध्यक्ष ऐन महरको संयोजकमा १५ सदस्यीय टोली पहिरामा परेकालाई उद्धार र खाद्य सामग्री लिएर आज त्यसतर्फ जाँदैछ । उहाँका अनुसार स्वास्थ्य चिकित्सकको टोलीसहित २५० बोरा चामल, तेल, त्रिपाल बाढीपीडितलाई वितरण गर्नेछ । अखिलले जिल्ला मातहतका कमिटीलाई पनि उद्धार कार्यमा लाग्न मङ्गलबारदेखि नै परिचालन गरेको छ ।

यस्तै युवा सङ्घका अध्यक्ष किरण पौडेलले उद्धार कार्यका लागि त्रिपाल, टेन्ट र खाद्यसामग्रीसहितको टोली गए रातिदेखि नै परिचालन गरिएको बताउनुभयो । उहाँले त्यहाँको अवस्था हेरेर काठमाडौँबाट खाद्यसामग्री र औषधिसहित सङ्घका पदाधिकारी जाने जानकारी दिनुभयो ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ पुष २५, बिहीबार २१:३३
    • 28 views
    नारायणी किनारमा १५ औं चितवन महोत्सव सुरु

    चितवन – नारायणगढको नारायणी नदी किनारमा १५ औं चितवन महोत्सव सुरु भएको छ । व्यापारिक तथा औद्योगिक बस्तुको प्रदर्शनीसहित बिहीबारदेखि महोत्सव सुरु भएको हो । चितवन उद्योग वाणिज्य संघले आयोजना गरेको…

    विस्तृत.....

    • २०८१ पुष २४, बुधबार ०९:२९
    • 23 views
    तिब्बत भूकम्प : ९५ जनाको मृत्यु, १३० घाइते

    कावासोती । तिब्बतको सिगात्से सहरमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् । चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार मङ्गलबार बिहान गएको भूकम्पमा…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *