प्रचण्डकोे केपी ओलीलाई प्रश्न ‘राष्ट्रपतिको बारेमा त बोल्न पाइँदैन भन्ने केपी ओली को हो?

  • Breaking
  • २०७८ असार १२, शनिबार १७:५९

 नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्या भण्डारीको बारेमा बोल्ने पाईन्न भन्ने त्यो केपी ओली को हो भन्दै प्रश्न गरेका छन् । उनले राष्ट्रपति प्रधानमन्त्री ओलीको रबर स्ट्याम्प बनेको भन्दै त्यसको विरोध गर्दा केपी ओलीले धम्क्याएको बताए । आज (शनिबार) विपक्षी गठबन्धनले बानेश्वरमा गरेको पत्रकार सम्मेलनमा उनले पार्टी एकता भएको अवस्थामा केपी ओलीले सम्झौता कार्यान्वयन नगरेको बताए ।

‘केपी ओलीसँग भएका सम्झौतामा अडिग नहुनु मेरो कमजोरी हो,’ उनले भने, ‘मेरो मन अलि उद्धार र कमलो छ, भर्खरै एकता भाको पार्टीमा किन झगडा निम्त्याउनु भनेर मैले छाडिदिएको हो ।’ सम्झौतामा हस्ताक्षर गरेको विषय केपी ओली मान्न तयार नभएको उनले बताएका छन् । उनले भने, ‘सम्झौतामा सही गरिसकेको छ,’ उनले भने, ‘मान्दैनन्, अब मैले के गरौं ?’ अध्यक्ष प्रचण्डले अहिले संविधानमाथि निरंकुश प्रहार गरिएको बताएका छन् । देशलाई अप्ठ्यारोमा धकेल्ने प्रयास भइरहेको उनको भनाइ छ । उनले शासन सञ्चालन गर्नेहरुबाट संविधान मिच्ने काम भएको बताए ।

राष्ट्रिय स्वाधीनतामाथि पनि खेलबाड भएको उनले उल्लेख गरे । ठूलो संघर्ष र बलिदानबाट बनेको संविधानको रक्षा गर्न आफूहरुको गठबन्धन अघि बढेको उनले बताए । गठबन्धन मुद्दामा आधारित भएको भन्दै उनले आफूहरुको कुनै स्वार्थ नभएको स्पष्ट पारेका छन् । आफूहरुको लडाइँ प्रधानमन्त्रीको निम्ति नभएको पनि उनले बताए । अध्यक्ष प्रचण्डले राष्ट्रपतिले गरेको क्रियाकलापलाई अदालतले सच्याउन सक्ने बताएका छन् । उनले राजा ज्ञानेन्द्रले बनाएको शाही आयोग खारेज गरेर लोकतन्त्रको पक्षमा उभिएको अदालतलाई राष्ट्रपतिको बारेमा अदालतमा बहस गर्न पाइँदैन भन्न नपाइने बताए ।

‘ज्ञानेन्द्रकै शासन हुँदा पनि शाही आयोग खारेज गरिदिएको होइन अदालतले ?,’ उनले भने, ‘राजाले बनाएको आयोग भङ्ग गरेर लोकतन्त्रलाई साथ दिने अदालतलाई अहिले राष्ट्रपतिको बारेमा त बोल्न पाइँदैन रे, हु हिज केपी ओली ?’ अध्यक्ष प्रचण्डले आफूले राष्ट्रपति फालेर राजा ल्याउने नभनेको स्पष्ट पार्दै विद्यादेवी भण्डारी राजाभन्दा बढी हुन खोजेको आरोप लगाए । उनले पत्रकारहरूलाई खराब प्रवृत्तिको विषयमा दृढ भएर काम गर्न पनि आग्रह गरे । 

नागरिक अभियान अनलाइनबाट

  • सम्बन्धित समाचारहरूः

    • २०८१ बैशाख १२, बुधबार १२:४१
    • 175 views
    नेपाल र कतारबीच ८ वटा विषयमा द्विपक्षीय समझदारी/कतारी टोलि आजै स्वदेश फर्कँदै

    वैशाख १२, काठमाडौं,  नेपाल र कतारबीच विभिन्न आठवटा क्षेत्रमा द्विपक्षीय लगानी एवं सहकार्य गर्ने सम्झौता भएको छ । नेपाल भ्रमणमा रहेका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी…

    विस्तृत.....

    • २०८० चैत्र २, शुक्रबार १७:५१
    • 169 views
    पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने तयारी

    पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने तयारी गरिएको छ ।  चैत ४ गते, आइतबार काे दीन तामझामका साथ प्रधानमन्त्रीबाट घोषणा हुँदैछ । यसकै पूर्वसन्ध्यामा पोखराका सडकमा मागी हिँड्नेहरुलाई उठाइएको छ ।…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *