लोकतन्त्र, राष्ट्र र संविधानका मुख्य घातक ओली– अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लोकतन्त्र, राष्ट्र र संविधानको मुख्य घातक नै केपी ओली प्रवृत्ति भएको बताउनुभएको छ । विपक्षी गठबन्धनले बुधबार गरेको अन्तरक्रियामा बोल्दै अध्यक्ष दाहालले ओली प्रवृत्तिका विरुद्ध संविधानको रक्षा, लोकतन्त्रको रक्षा र राष्टको रक्षाका लागि ५ दलिय गठबन्धन बनेको स्पष्ट पार्नुभयो । उहाँले ओली प्रवृत्ति विरुद्ध एकजुट हुन पनि सबैलाई आव्हान गर्नुभयो ।

राजनीतिक दलका नेताहरू समस्या पर्दा जनतामाझ आउने र सत्तामा पुगेपछि जनजीविकाका सवाल बिर्सने गर्दछन् भन्ने सञ्चारकर्मीको आरोपमा अध्यक्ष दाहालले सबै नेताहरू उस्तै नभएको दाबी गर्नुभयो । शान्ति प्रक्रियादेखि संविधानसभाबाट संविधान जारी गरेर गणतान्त्रिक मुलुक घोषणा गर्ने समयसम्म आफूले गरेको योगदान तथा सम्झौताहरूको फेयरिस्त राख्दै उहाँले ती काममा लचिलो हुनु गल्ति थियो भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘तपाईंहरूले भने जस्तो हामी सबै उस्तै चाँहि होइनौँ । केपीले प्रतिनिधित्व गर्ने प्रवृत्ति र हामी यहाँ भएका ५ पार्टीले प्रतिनिधित्व गर्ने प्रवृत्ति एउटै होइन । म युद्धमा थिएँ, ठिकै थिएँ । म शान्तिमा आउनु गल्ति भएको हो ? संविधानसभा बनाउनु गल्ती भएको हो ? संघीय लोकतन्त्र गणतन्त्र घोषणा गर्नु गल्ति भएको हो ? मैले चुनाव गरिसकेपछि राजनीतिक स्थायित्वका लागि कम्युनिष्ट एकता गर्दा ठिक हुन्छ भनेर प्रस्ताव गरेँ । गल्ति गरेँ मैले ? मैले गलत सम्झौता गरेको थिएँ त केपीसँग ? लिडरसिपका बारेमा गरिएका सम्झौता सहमतिहरू गल्ती थिए त ? राष्ट्रको अहितमा थिए त ?’

कम्युनिष्ट पार्टी एकिकरणका बेला भएका सहमतिमा हस्ताक्षर गरेका प्रधानमन्त्री ओली अहिले भने खलनायकको रूपमा देखा परेको टिप्पणी गर्नुभयो । उहाँले विश्वभरका कम्युनिष्ट पार्टीहरूमा खलनायक जन्मिएको इतिहास रहेको भन्दै त्यसविरुद्ध लड्नुको विकल्प नभएको बताउनुभयो ।

ओली प्रवृत्तिको अन्त्य अपरिहार्य भएको बताउँदै अध्यक्ष दाहालले संविधान, सिस्टम, लोकतन्त्रका आधारभूत मान्यता, र राष्ट्रियताको रक्षाको आधारमा गठबन्धन बनेको जिकीर गर्नुभयो । उहाँले सरकार बन्ने वित्तिकै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने, वर्तमान सरकारले गरेका अवैधापनिक राजनीतिक नियुक्तिहरूलाई बदर गर्ने लगायतका काम गर्ने पनि स्पष्ट पार्नुभयो ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ ११, शुक्रबार १२:०२
    • 34 views
    विनयी खोलाको पुल बन्नझण्डै १ वर्ष लाग्ने,निरीक्षण भन्दै मन्त्रीहरु पुगेपनि ठोस निर्णय हुन बाँकी ।

      माघ ११, कावासोती ।  पूर्वपश्चिम राजमार्ग अन्तरगत नारायणगढ –बुटवल सडक खण्डमा पर्ने विनयी खोलाको भाँचिएको पुल बन्न झण्डै एकवर्ष लाग्ने भएको छ । क्षमताभन्दा बढी भार बोकेको भारतीय नम्बरको…

    विस्तृत.....

    • २०८१ माघ १०, बिहीबार १०:०४
    • 9 views
    कृषि, व्यापार र धार्मिक पर्यटन प्रवर्द्धनका लागि माघ ११ गतेबाट तेस्रो मध्यबिन्दु महोत्सव

    दीपक भट्टराई, कावासोती ।  तेस्रो मध्यविन्दु महोत्सव माघ ११ गतेदेखि माघ २१ गते सम्म सन्चालन हुने भएको छ । मध्यविन्दु उद्योग वाणिज्य संघको आयोजनामा तेस्रो मध्यविन्दु महोत्सव हुने भएको हो ।…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *