देवचुलीका दुई ठाउँमा चोरी

  • समाचार
  • २०७७ फाल्गुन २०, बिहीबार १२:३२
माधव सुवेदी , फागुन २० देवचुली ।।
देवचुलीको दलदलेमा गएराती दुई ठाउँमा चोरी भएको छ । दलदलेको ह्याप्पी एफ.एम नजिकै रहेको बाग्लुङ्ग कालिका सुन चाँदी पसलबाट गएराती करिब १ः५० बजेको समयमा चोरले पसलको ताल्चा फोडी चोरी गरेको सुनचाँदी पसलका प्रोपाईटर सुनिता सुनारले जानकारी दिनुभयो । गरगहना भने चोरी नभएको बताउँदै लकरमा भएको १० हजार चोरले लगेको सुनारले बताउनुभयो ।
गएराती नै सोही समयको आसपासमा ह्याप्पी एफ.एम पछाडी रहेको तारानाथ वग्लेको घरबाट दुई लाख रुपैंया चोरी भएको बताइएको छ । घरमा कोही नभएको समयमा तारानाथ वग्लेका ज्वाईँ बोम बहादुर वाग्लेको कोठाभित्र सिरानीमुनी राखिएको दुईलाख रुपैंया पैसा चोरले लगेको पीडितले बताएका छन् ।
चोरी गर्नेको खोजी भइरहेको अस्थाई प्रहरी पोष्ट दलदलेका प्रमुख धुव्र नारायण श्रेष्ठले जानकारी दिनुभयो । पछिल्लो समय देवचुलीका विभिन्न ठाउँमा चोरको विगविगी रहेकाले सर्तकताका साथ रहन आग्रह गरिएको छ
  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 40 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २०, आईतवार २२:५३
    • 106 views
    अर्जुनचौपारीमा एच.पि.भी खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

    २० माघ, दिपक विश्वकर्मा: अर्जुनचौपारी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा एच.पि.भी.खोप अभियान २०८१ अन्तर्गत पालिका खोप समन्वय समितिका पदाधिकारीहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम माघ २० गते आइतबारका दिन सम्पन्न भएको छ…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *