Warning: Attempt to read property "slug" on string in /home/asoftcom/nsancharonline.com/wp-content/themes/bishwasanchar/functions.php on line 85
देवचुलीको कुजौलीमा एक महिलाको शव फेला देवचुलीको कुजौलीमा एक महिलाको शव फेला - N. SANCHAR NEWS - एन सञ्चार न्युज
+
+
-- Sponsored Ad --

देवचुलीको कुजौलीमा एक महिलाको शव फेला

556 पटक हेरिएको
Clock २०७८ आश्विन २, शनिबार २१:५२
-- Sponsored --

देवचुली,माधब सुबेदी

नवलपुरको देवचुली नगरपालिका १७ कुजौलीमा एक महिलाको शव फेला परेको छ । शनिबार साझ अन्दाजी ४ बजेको समयमा कुजौलीको नारायणी पारी सढेगलेको अवस्थामा फेला परेको हो ।

साझपख कुजौलीमा बसोबास गर्ने मुसहर, बोटे माझीका केहि व्यक्तीहरु दाउरा घास काटुन गएको समयमा शव देखेको स्थानीयले जानकारी दिएका छन् । स्थानीयका अनुसार शव पहिले देखिनै सढेगलेर बसेको र गाईबस्तुलाई घास काट्न जाने क्रममा नारायणी नदि किनारमा देखेपछि तत्काल रजहर इलाका प्रहरी कार्यालयलाई खबर गरिएको बताएका छन् ।

रजहर इलाका प्रहरी कार्यालयको मुजुल्कामा भएअनुसार अन्दाजी करिब २२ बर्षिय महिला रहेको अनुमान गरिएको छ । तर सत्य, तथ्य, कस्को के, काँहा को भन्ने विषयबस्तुहरु आउन बाकी रहेको प्रहरीले जनाएको छ ।

शबको अझै पहिचान हुन नसकेको र छानबिन शुरु गरेको प्रहरीले जनाएको छ भने फेला परेको शव मध्यविन्दु जिल्ला अस्पताल डण्डा पठाइएको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win