
३ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । आइतबार प्रतिनिधिसभामा भएको मतदानमा देउवाको पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ मत खसेको छ ।
मतदानमा २४९ जना सांसद सहभागी भएका थिए । एक जना भने तटस्थ बसेका थिए ।
देउवलाई उनको आफ्नै दल नेपाली कांग्रेससँगै माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेका २२ जना सांसद र राष्ट्रिय जनमोर्चाका सांसदले मत दिएका हुन् ।
राप्रपा र नेमकिपाका एकएक सांसदले मतदान गरेनन् ।
संसद भवनबाट लाइभ प्रसारण ।
https://www.facebook.com/nsancharonline/videos/556210488722272/?notif_id=1626618313395424¬if_t=page_share&ref=notif