शरिरमा मुसा आएर चिन्तित हुनुहुन्छ ? अपनाउनुस यि उपाय छुटकारा मिल्छ ।

शरीरमा आउने मुसाका कारण मानिसहरु समस्यामा पर्ने गरेका छन् । कतिपयलाई त मुसाका कारण शरीरका अंगहरु छोप्न पर्ने अवस्थासमेत आउने गरेको छ ।

कहिलेकाहीँ मुसा सबैले सहजै देख्ने ठाउँ अनुहार, आँखीभौँ, आँखाको परेला, नाकको टुप्पो, हात, खुट्टामा आइदिन्छ । जसले मानिसलाई कुरूप पनि बनाउँछ । यद्यपि, चिकित्सा विज्ञानले यसलाई छालारोग भन्छ । जसलाई अंग्रेजीमा वार्टस भनिन्छ ।

कारण:
शरीरमा मुसा आउनुको मुख्य कारण ह्युमन पेपिलोमा नामक भाइरस हो । यस्तो भाइरसले स–साना, खस्रो, कडा खालको दर्दरहित दानाजस्ता मुसा उत्पादन गर्छ । केही मुसा एक व्यक्तिबाट अर्को व्यक्तिमा पनि फैलने गर्छ । मुसा तोरीदेखि अंगुरको दानासम्मको आकारमा हुन्छ । यस्तो मुसा शरीरको एक ठाउँबाट अर्को ठाउँमा भने सर्दैन । सामान्यतया शरीरमा देखिने मुसा काला, खैरा, सेता, राता रङका हुन्छन् । कहिलेकाहीँ छालाको रङजस्तो पनि मुसा उम्रने गर्छ ।

लक्षण:
मुसा छालाको सतहभन्दा थोरै माथि उठेको हुन्छ । यो गोलाकार, अन्डाकार, च्याप्टो आकारमा देखा पर्छ । र, यो चिल्लो र मुलायम पनि हुन्छ ।
कतिपय मुसा हल्लिने खालका पनि हुन्छन् । कतिपय मुसा छुँदा दुख्ने, रगत आउने गर्छ । कसैलाई ऐँजेरु पलाएजसरी पनि मुसा आउने गर्छ ।
यस्ता मुसा पानीले धुँदा वा नुहाउँदा ढाडिएर फुल्न थाल्छ । यस्ता प्रकृतिका मुसा विशेष गरी हात र खुट्टामा देखिन्छन् ।

खतरा:
शरीरमा आएका मुसाबाट रगत बग्न थालेमा यसलाई खतराको संकेतका रूपमा लिनुपर्छ । मुसा भएको ठाउँमा चिलाएमा पनि यसले विभिन्न समस्या निम्त्याउने गर्छ । त्यसैले यस्तो अवस्थामा हेलचेक्र्याइँ गर्नुहुँदैन ।

सल्लाह:
केही व्यक्ति मुसालाई हटाउन डाम्ने वा काट्ने गर्छन् भने कसैले चुन र सोडाको मिश्रणको लेदो बनाएर लगाउने गर्दछन् । यसो कहिल्यै गर्नुहुँदैन । यसो गर्नाले भाइरस शरीरका अन्य भागमा पनि जाने खतरा हुन्छ । जसले गर्दा शरीरका विभिन्न भागमा अझ बढी मुसा पलाउँछ ।

उपचार:
कतिपय प्रकृतिका मुसा ६ महिनादेखि एक वर्षसम्ममा आफैँ हराएर जान्छ । तर, यसलाई उपचार नै गर्नुपरेमा विभिन्न विधि अवलम्बन गर्नुपर्छ । भौतिक रूपले यसलाई नष्ट गर्न सकिन्छ । करेन्टले डामेर वा लेजर प्रविधिबाट मुसालाई हटाउने गरिन्छ । लक्षणका आधारमा होमियोप्याथिक औषधिका माध्यमले पनि यसको उपचार गरिन्छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ १७, बिहीबार २१:०४
    • 41 views
    नवलपुरका १७ हजार किशोरीलाई पाठेघर क्यान्सर विरुद्धको खोप लगाइने ।

    सञ्जय भट्टराइ, माघ १७। नवलपुरमा १७ हजार  किशोरीलाई महिलामा हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाईने भएको छ । प्रदेश स्वास्थ्य कार्यालय नवलपुरले बिहिबार आयोजना गरेको कार्यक्रममा जिल्लाभर २ सय…

    विस्तृत.....

    • २०८१ माघ १३, आईतवार २२:०४
    • 88 views
    अति खतरनाक सर्प जसको एक थोपा विषले ५०० मानिस मार्छ ।

    कावासाेती । विश्वमा विभिन्न विषालु जनावर पाइन्छन् । विषालु भन्ना साथ सबैभन्दा पहिले सबैको सोचाइमा सर्पनै पर्दछ । हामीले धेरै थरी विषालु सर्प र तीनका विष कति खतरनाक हुन्छ भन्ने…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *