+
+
-- Sponsored Ad --

स्याङ्जाका विद्यालयमा भौतिक रुपमा पठनपाठन गराउने ८ जना प्रधानध्यापक पक्राउ – सम्झाइ बुझाई छाडियो

532 पटक हेरिएको
Clock २०७८ श्रावण १३, बुधबार ०९:२५
-- Sponsored --

स्याङ्जा । कोरोना भाइरसको दोश्रो लहरले देशभर महामारीको रुप लिइरहेका बेला स्याङ्जामा भौतिक रुपमा विद्यालय खोलेर पठनपाठन गराउन खोज्ने प्रधानध्यापकलाई प्रहरीले पक्राउ गरेको छ ।

कोरोना महामारीको विद्यालयमा भौतिक रुपमै पठनपाठन गराएको आरोपमा प्रधानध्यापकलाई पक्राउ गरिएको हो ।

निषेधाज्ञा उल्लघंन गर्दै भीरकोट, पुतलीबजार र चापाकोटका केही विद्यालयले पठनपाठन संचालन गरेका थिए ।

सूचनाको आधारमा र प्रहरीको प्रत्यक्ष अनुगमनबाट विद्यालयमा पठनपाठन भएको भेटिएपछि पहिलो पटक प्रअहरुलाई सम्झाएर छाडिएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले दिएको जानकारी अनुसार भौतिक रुपले विद्यालय संचालन गर्न खोज्ने प्रअ तथा शिक्षकलाई निगरानी गरिने र कडाईका साथ निषेधाज्ञाको पालना गर्न लगाइने छ।

बैशाख २१ देखि प्रशाशनले निषेधाज्ञा लगाउँदै आएको छ। निषेधाज्ञा अवधिभर विद्यालयमा पठनपाठन नगर्न आदेश जारी गरिएको छ ।

पुनः विद्यालय संचालन गरेको पाइएमा संक्रामक रोग ऐन अनुसार कारवाही हुने प्रहरीले जनाएको छ । ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win