+
+
-- Sponsored Ad --

६७ देशबाट नेपाल आउने यात्रुले सात दिन होटेल क्वारेन्टिन बस्नै पर्ने

763 पटक हेरिएको
Clock २०७८ पुष ३, शनिबार ०८:४२
-- Sponsored --

एन सञ्चार, पौष ३, काठमाडौं ।। 

ओमिक्रोन भेरियन्टको जोखिम बढेपछि ६७ देशबाट आउने यात्रुले सात दिन होटेल क्वारेन्टिनमा बस्नुपर्ने भएको छ। 

शुक्रबार साँझ अध्यागमन विभागले ओमिक्रोन भेरियन्टको जोखिम कम गर्न भन्दै मलेसियासहित ६७ देशबाट आउने यात्रुलाई सात दिन होटेल क्वारेन्टिनमा बस्न भनेको हो।

होटेल क्वारेन्टिनको खर्च यात्रुहरू आफैंले बेहोर्नु पर्नेछ। सात दिनपछि कोरोना परीक्षण गराउनु पर्ने जनाइएको छ। नतिजा नेगेटिभ आएमा पनि फेरि सातदिन होम क्वारेन्टिनमा बस्नुपर्नेछ। 

कोरोना पोजिटिभ देखिएमा भने आइसोलेसन सेन्टर वा अस्पताल भर्ना हुनु पर्नेछ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win