मेलम्चीमा एक्कासि बाढी
शनिबार साँझ एक्कासि मेलम्ची नदीमा पानीको बाढी आएपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ । हेलम्बु गाउँपालिकाको नाकोते क्षेत्रमा पहिरो गएर नदी थुनिएका कारण एक्कासि बाढी आएको प्रारम्भिक अनुमान गरिएको छ ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार अहिले चनौटे बजारको बीच भागबाट नदी बगिरहेको छ । यसअघि असार १ गतेको बाढीले क्षति पुर्याएको भागबाट नै नदी बगेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।
उनले भने, ‘अहिले चनौटे बजारबाट नदी बगिरहेको छ । चनौटेबाट अहिले बाढी ग्याल्थुमसम्म पुगेको भन्ने खबर हामीले सुरक्षाकर्मीबाट पाएका छौँ ।’ त्यस्तै प्रजिअ पोखरेलले मेलम्ची बजारसम्मका तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन खबर गरिसकेको र सबै ठाउँमा सुरक्षाकर्मीलाई अलर्ट अवस्थामा राखिएको पनि बताए ।
यसअघिको बाढीका कारण तटीय क्षेत्रमा स्थानीय नबसेका कारण मानवीय क्षति भने नहुने उनको भनाइ छ । ‘माथिल्लो भेगमा पहिरो गएर नदी थुनिएर एक्कासि बग्दा बाढी आएको प्रारम्भिक अनुमान गरिएको छ ।
भोलि बिहानसम्म के भएको हो भन्ने कुरा सबै थाहा होला,’ उनले भने । यसअघिको बाढीले हेलम्बु, मेलम्चीलगायतका क्षेत्रमा ठूलो धनजनको क्षति भएको थियो ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
रामकुमार श्रेष्ठ – नवलपुर । नवलपुरको कावासोतीमा रहेको
कावासोती, मंसिर ५ गते । नवलपुर सदरमुकाम कावासोती