Warning: Attempt to read property "slug" on string in /home/asoftcom/nsancharonline.com/wp-content/themes/bishwasanchar/functions.php on line 85
वडाध्यक्ष आचार्य र अधिकृत सिग्देलबिच चर्काचर्की वडाध्यक्ष आचार्य र अधिकृत सिग्देलबिच चर्काचर्की - N. SANCHAR NEWS - एन सञ्चार न्युज
+
+
-- Sponsored Ad --

वडाध्यक्ष आचार्य र अधिकृत सिग्देलबिच चर्काचर्की

507 पटक हेरिएको
Clock २०७८ श्रावण १७, आईतवार २२:०५
-- Sponsored --

देवचुली नगरपालिका वडा नं १७ मा हुने दैनिक प्रशासनिक काम समय मै नहुँदा सेवाग्राहीले हैरानी ब्यहोर्नु परेको छ। वडा कार्यालयबाट हुने घटना दर्ता, नामसारी, पन्जिकरण लगायतका अन्य सेवा लिन आउने सेवाग्राहीहरुले समय मै काम सम्पन्न नभएको गुनासो गरेका छन् ।

असन्तुष्ट बनेका सेवाग्राहीले आइतबार वडाध्यक्ष विष्णुप्रसाद आचार्य सहित नगरपालिकाको कार्यालय पुगी प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देलसँग गुनासो गरेका थिए। वडा कार्यालयको काम कारवाहीको बिषयलाई लिएर केही बेर वडाध्यक्ष आचार्य र अधिकृत सिग्देलबिच चर्काचर्की समेत भएको थियो।

वडाध्यक्ष आचार्यले देवचुली नगरपालिका वडा नं १७ मा धेरै जनसंख्या भएकाले कर्मचारी थप गरिदिन प्रमुख प्रशासकीय अधिकृत र नगरप्रमुख पूर्वकुमार श्रेष्ठलाई पटकपटक ताकेता गर्दा पनि सुनुवाई नभएको गुनासो गरे।

उनले भने – १७ नं वडा अठार सय घरधुरी भएको र अन्य वडा भन्दा धेरै जनसंख्या भएको वडा भएकाले विगत तीन बर्ष देखि कर्मचारी थप गर्न कार्यपालिकामा कुरा राख्दा पनि कुरा सुनुवाइ भएन। वडाध्यक्ष आचार्यका अनुसार वडा नं १७ मा दैनिक एक सय जना सेवाग्राहीको सेवा गर्नुपर्ने अवस्था छ। सेवाग्राहीको समस्या सुनेपछी प्रमुख प्रशासकीय अधिकृत सिग्देलले आँफू देवचुली नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत भएर आएपछी अडा नं १७ मा चार जना वडा सचिवहरु फेरिसकेको बताउँदै त्यहाँ काम गर्न सहज नरहेको वडा सचिवहरुको गुनासो रहेको बताउँछन् ।

नगरपालिकामा अहिले पनि २५ जना कर्मचारीहरु रिक्त रहे पनि आँफूहरुले कर्मचारी नियुक्ती गर्न नपाउने सिग्देलले बताए । उनले वडा नं १७ को समस्याका बिषयमा वडाध्यक्ष र नगरप्रमुखसँग सल्लाह गरेर श्रावण महिनाभित्रै कर्मचारी समायोजन गर्ने बताए। उता गत बर्ष पुष २० गतेबाट वडा नं १७ मा वडा सचिवको जिम्मेवारी सम्हालेका रबिन्द्र पौडेलले धेरै जनसंख्याको चापले आँफूले एक्लै कार्य सम्पादन गर्न असहज भएको स्विकार्छन् ।

आइतबार बिहान ३/४ जना सेवाग्राहिको काम गरेर वडाध्यक्षलाई जानकारी गराई टेलिफोन र बिजुलीको बिल तिर्न कावासोती गएको बेला सेवाग्राहीहरु वडाध्यक्ष सहित नगरपालिका पुग्दा आँफू अचम्मित भएको बताउँछन् ।

हाल वडा कार्यालयमा रहेकी कार्यालय सहयोगीले दर्ता, चलानी र छाप लगाउने बाहेक अन्य काम नगरिदिंदा आँफूलाई कामको चाप भएको उनको भनाई छ। देवचुली नगरपालिका वडा नं १७ जनसंख्याका आधारमा सबैभन्दा ठूलो र भूगोलको आधारमा चौथो ठूलो वडा हो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win