ट्रान्सफर्मर दिन्न भन्दै प्राधिकरण स्याङ्जा प्रमुखको धम्की
ट्रान्सफर्मर जलेर विद्युत् आपूर्तिमा समस्या भएपछि स्याङ्जाको फेदीखोला–४ बडाचौर सामुदायिकका एक सय बढी घरपरिवार डेढ महिनादेखि मारमा परेका छन् । नेपाल विद्युत् प्राधिकरण स्याङ्जा वितरण केन्द्रका प्रमुख दिलीप मरासिनीको गैर जिम्मेवारीका कारण आफूहरू लामो समयदेखि मर्कामा परेको सेती दोभान बिद्युत् उत्पादन तथा वितरण सहकारी अन्तर्गतका उपभोक्ताले बताएका छन् ।
गत जेठको अन्तिम साता चट्याङका कारण ट्रान्सफर्मर जलेपछि बारम्बार ट्रान्सफर्मर फेरिदिन प्राधिकरण प्रमुख मरासिनीलाई आग्रह गरेको भए पनि ट्रान्सफर्मर फेर्न र बनाउन सक्दिन भनेर धम्कीपूर्ण भाषा प्रयोग गर्ने गरेको उपभोक्ताको गुनासो छ । आफूहरूको गुनासो लिएर सामुदायिक संस्थाका सचिवलाई प्राधिकरणमा पठाएको भए पनि शुरुमा ल ल भनेर टारेको र पछि उपभोक्ताहरू मिलेर गुनासो व्यक्त गर्न जाँदा म ट्रान्सफर्मर फेर्न सक्दिन, जे जे गर्छौ गर भन्ने खालको जवाफ फर्काएको उपभोक्ता रामचन्द्र पौडेलले बताउनुभयो ।
‘हामीले भकारीमा धान भए पनि कुटानी पिसानी गर्न नपाउँदा बोराको चामल किनेर खानुपर्ने बाध्यता छ, नेट नचल्दा बच्चाहरू पढ्न पाएका छैनन् , यति लामो समय कुर्दा पनि ट्रान्सफर्मर फेर्न सक्दिन भनेर प्राधिकरण प्रमुख मरासिनी झपार्दै बोल्नुहुन्छ, हामीले न्याय कहाँ पाउने हो ?’, उहाँले प्रश्न गर्दै भन्नुभयो । ५० केभिए क्षमताको ट्रान्सफर्मर भएको ठाउँमा प्राधिकरणले नै २५ केभिएको ट्रान्सफर्मर फेरेपछि बारम्बार ट्रान्सफर्मर जल्ने समस्याबाट आफूहरू पीडित भएको पौडेलले बताउनुभयो ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
कावासोती : हुप्सेकोट ४ झ्यालबास स्थित ज्वाला मा.वि.ले
कावासोती : हुप्सेकोट गाउँपालिका वडा नम्बर ३ गिरुवारी
सन्जय भट्टराई, कावासोती । पुर्व पश्चिम राजमार्ग छेवैमा जोडिएको