जटिलता नेकपाकै कारण निस्केको हो निरुपण पनि उसैले गर्नुपर्छ : गगन थापा

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले सर्वोच्च अदालतको फैसलाले थप जटिलता निम्त्याएको बताए। सर्वोच्च अदालतले आइतबार नेकपा पार्टीको आधिकारिकता ऋषि कट्टेललाई दिएपछि थापाले यस्तो प्रतिक्रिया दिएका हुन्।

 

 

नेकपाकै कारणले जटिलता निम्तिएको भन्दै थापाले त्यसको निरुपण पनि नेपाल कम्युनिष्ट पार्टीले नै गर्नुपर्ने प्रतिक्रिया दिए। ‘संसद भनेपछि राष्ट्रियसभा पनि हो।

उपनिर्वाचन भइसकेको छ। उहाँहरू कुन पार्टीको हो? कहाँ लगेर फर्काउने? कुन विन्दुमा लगेर फर्काउने? सम्मानित सर्वोच्च अदालतले अहिले गरिदिएको निर्णय पछि आउने जटिलताहरु धेरै छन्’ थापाले भने,‘यसको गाँठो हामीले पारेको पनि होइन। हामीले फुकाउने पनि होइन। हामीले हेर्ने भनेको अदालतले निर्णय गरिसकेपछि यहाँ भित्र अब दुईवटा दलको अस्तित्व रह्यो।’

नेता थापाले नेकपा माओवादी केन्द्र र नेकपा एमाले रहेको भन्दै प्रधानमन्त्री कुन धाराको हो र कुन दलको प्रधानमन्त्री हो ? सभामुख कुन दलको हो? सभामुखको लैंगिक पहिचान पो छ त। तर कुन पार्टीको मान्ने? सभामुखलाई गाई कि त्रिशुल गर्ने कि? कता तिर लैजाने? भन्दै प्रश्न गरे।

अदालतले माग्दै नमागेको कुरामा प्रवेश गरेपछि त जटिलताहरू पनि फर्किफर्कि ढोका ढकढकाउदै फेरी अदालत नै जाने भन्दै थापाले यसले थप जटिलताहरू निम्त्याउने बताए। थापाले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश बुधबारको बैठकमा ल्याएमा बैठक चल्न नसक्ने बताए। 

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ २, बुधबार ११:१५
    • 11 views
    आज भूकम्प सुरक्षा दिवस, पूर्वतयारीका लागि सङ्कल्प जरुरी

    कावासोती । विसं १९९० को विनाशकारी भूकम्पको त्रास बेहोर्नेहरु अहिले निकै कम सङ्ख्यामा छन् । तत्कालीन भूकम्पको त्रासदीपूर्ण अनुभव सङ्गालेकाहरु कम भए पनि अहिलेको पुस्ताले २०७२ सालमा त्यस्तै प्रकारको अनुभव…

    विस्तृत.....

    • २०८१ पुष २८, आईतवार २२:०८
    • 15 views
    अदालतको गेटमा समर्थकले घेरेपछि रविलाई बाहिर निकाल्नै प्रहरीलाई हम्मेहम्मे

    काठमाडौं । थुनछेक बहस नहुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः हिरासतमा गएका गएका छन् । सहकारीको रकम अपचलन मुद्दामा बयानका लागि लामिछाने आइतबार आफैँ जिल्ला अदालत काठमाडौंमा…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *