+
+
-- Sponsored Ad --

जटिलता नेकपाकै कारण निस्केको हो निरुपण पनि उसैले गर्नुपर्छ : गगन थापा

496 पटक हेरिएको
Clock २०७७ फाल्गुन २३, आईतवार १६:०७
-- Sponsored --

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले सर्वोच्च अदालतको फैसलाले थप जटिलता निम्त्याएको बताए। सर्वोच्च अदालतले आइतबार नेकपा पार्टीको आधिकारिकता ऋषि कट्टेललाई दिएपछि थापाले यस्तो प्रतिक्रिया दिएका हुन्।

 

 

नेकपाकै कारणले जटिलता निम्तिएको भन्दै थापाले त्यसको निरुपण पनि नेपाल कम्युनिष्ट पार्टीले नै गर्नुपर्ने प्रतिक्रिया दिए। ‘संसद भनेपछि राष्ट्रियसभा पनि हो।

उपनिर्वाचन भइसकेको छ। उहाँहरू कुन पार्टीको हो? कहाँ लगेर फर्काउने? कुन विन्दुमा लगेर फर्काउने? सम्मानित सर्वोच्च अदालतले अहिले गरिदिएको निर्णय पछि आउने जटिलताहरु धेरै छन्’ थापाले भने,‘यसको गाँठो हामीले पारेको पनि होइन। हामीले फुकाउने पनि होइन। हामीले हेर्ने भनेको अदालतले निर्णय गरिसकेपछि यहाँ भित्र अब दुईवटा दलको अस्तित्व रह्यो।’

नेता थापाले नेकपा माओवादी केन्द्र र नेकपा एमाले रहेको भन्दै प्रधानमन्त्री कुन धाराको हो र कुन दलको प्रधानमन्त्री हो ? सभामुख कुन दलको हो? सभामुखको लैंगिक पहिचान पो छ त। तर कुन पार्टीको मान्ने? सभामुखलाई गाई कि त्रिशुल गर्ने कि? कता तिर लैजाने? भन्दै प्रश्न गरे।

अदालतले माग्दै नमागेको कुरामा प्रवेश गरेपछि त जटिलताहरू पनि फर्किफर्कि ढोका ढकढकाउदै फेरी अदालत नै जाने भन्दै थापाले यसले थप जटिलताहरू निम्त्याउने बताए। थापाले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश बुधबारको बैठकमा ल्याएमा बैठक चल्न नसक्ने बताए। 

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win