
राज भण्डारी,।। विगत केही केही बर्ष अगाडि र अहिलेको गुल्मी छत्रकोटको श्री जन जागृती उच्च मा बि धेरै फरक छ ।
प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्न कमला भण्डारी आयपछि बिधालयको नियम र तरिका फेरियको छ बिद्यार्थीले राम्रो सिक्षा पायका छन भने विद्यालय छुट्टै नियम र अनुसासन बाधियको छ ।
तर समिती लगायत केही आस पासका जनताले यो कुरा बुझ्न भने सकिरहेका छैनन । भण्डारी बिधालयमा आउनु अगाडि जिर्ण अवस्थामा रहेको बिधालय भवन उहाकै पहलमा नया भवन निर्माण भयो बिधालयमा नियम र अनुशासनको पालना कमै देख्न सकिन्थ्यो आज विद्यालय नियम र अनुसासन मा बाधियको छ ।
पछिल्लो समय विद्यालयले राम्रो नतिजा दिन समेत सफल भएको छ । तर पनि प्रधानाध्यापक भण्डारी लाई विद्यालय समिती लगायत स्थानियको साथ सहयोगको भने कमि देखियको केही स्थानिय बताउछन । भवन निर्माण होस या उदघाटन उहालाइ बिबादमा ल्याइने गरेको छ ।
यो पक्कै पनि सहि होइन स्थानियले यो बुझ्नु जरुरी छ की स्थानिय स्तरमै उत्कृष्ठ सिक्षा प्रदान गर्न सकियो भने उन्कै सन्तानले राम्रो सिक्षा पाउने हुन ।
केही गर्छु भन्ने सपना बोकेर विद्यालयलाइ नमुना बनाउने प्रधानाध्यापक भण्डारीलाइ सवैले साथ र सहयोग गर्नु छत्रकोट वासी सवैको दायित्व र कर्तव्य हो भन्नुमा दुइमत छैन । यसो गरेमा विद्यालय पक्कै पनि एकदिन नमुना बन्ने छ ।