+
+
-- Sponsored Ad --

शंकर पोखरेलले दिए पदबाट राजिनामा

428 पटक हेरिएको
Clock २०७८ श्रावण २७, बुधबार २१:३८
-- Sponsored --

मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजिनामा दिँदै छन् । राजीनामा पत्र बोकेर पोखरेल अहिले प्रदेश प्रमुखको कार्यालय पुगेका छन् । प्रदेश प्रमुख कार्यालय पुगेर मुख्यमन्त्रीले राजीनामा दिएको प्रदेश सरकारका प्रवक्ता बैजनाथ चाैधरीले जानकारी दिए।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफलका लागि आज प्रदेशसभाको विशेष अधिवेशन आह्वान भएको थियो । प्रदेश सभा बैठक अघि नै पोखरेलले मुख्यमन्त्रीबाट राजिनामा दिएका हुन्।

विपक्षी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाले साउन १९ गते प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेसँगै प्रदेश प्रमुखसमक्ष विशेष अधिवेशन डाक्न समावेदन दिएका थिए। जस अनुसार आज प्रदेश सभाको बैठक आह्वान भएको थियो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win