+
+
-- Sponsored Ad --

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु,राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत हुने ।

590 पटक हेरिएको
Clock २०७८ श्रावण ३०, शनिबार १२:४२
-- Sponsored --

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति पूर्ण बैठक सुरु भएको छ। काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बैठक सुरु भएको केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ले जानकारी दिए।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने उनले बताए। प्रतिवेदनमाथि केन्द्रित भएर केन्द्रीय सदस्यहरुले भोलिसम्म छलफल गर्ने भएका छन्। अध्यक्ष प्रचण्डले केन्द्रीय समितिमा पेश गर्ने प्रतिवेदनका विषयमा शुक्रबार स्थायी कमिटी बैठकमा छलफल भएको थियो।

 

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार पार्टीको कार्यदिशा स्पष्ट गर्ने, प्रतिगमन विरोधी संघर्ष र कम्युनिष्ट आन्दोलनमा देखा परेका विसर्जनवादविरुद्धको संघर्षलाई अझ दृढतापूर्वक अघि बढाउने, संविधानको रक्षा र कार्यान्वयनका लागि बाम–लोकतान्त्रिक गठबन्धनको सहकार्यलाई सुदृढ बनाउने, पार्टीले सबै कम्युनिष्ट तथा प्रगतिशील शक्तिहरूको मोर्चा बनाउन पहल गर्ने विषय अध्यक्षको प्रतिवेदनमा समेटिएको छ।

 

 
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win