वर्षाले सुनसरीका अधिकांश क्षेत्र जलमग्न, सप्तकोशीका ३० वटा ढोका खोलियो

काठमाडौं । निरन्तरको वर्षाका कारण सुनसरीका अधिकांश क्षेत्र जलमग्न बनेको छ । पानीको निकास अभाव र खोलामा बढेको पानीका कारण टोल, बस्तीहरू डुवानमा परेका हुन् ।

इटहरी क्षेत्रमा टेङ्ग्रा र बुढी खोलामा आएको बाढीले किनार र आसपासका वडाहरू डुवानमा परेका छन् । त्यसैगरी धरानमा सेउती र अधेरी खोला आसपासको क्षेत्रमा डुवानको समस्या देखिएको सुनसरी प्रहरीले जनाएको छ । इनरुवा क्षेत्रमा पर्ने कुरुवा खोला भरिएउ भई सडकबाटै बगेको छ ।

वर्षा सँगै खोलाहरूमा जलस्तर बढको छ । सुनसरी, बुढी, गडन लगायतका खोलामा जलस्तर बढ्दा आसपास किनारका वस्ती जोखिममा परेका छन् । सुनसरी प्रहरीले दिएको जानकारी अनुसार अहिले सम्म डुवान तथा बाढी पसेका २ सय घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

यता सप्तकोशी नदीमा पानीको बहाव यस वर्षकै उच्च मापन भएको छ । कोशी नदीमा अहिले २ लाख क्यूसेक भन्दा बढी पानी बगिरहेको छ । सुनसरी प्रशासनले जनाए अनुसार यतिबेला सप्तकोशी नदीमा पानीको बहाव २ लाख ३० हजार ३० हजार ३ सय ५५ क्यूसेक प्रतिसेकेण्ड पुगेको छ । नदीको जलस्तर बढेसँगै कोशी ब्यारेजका ५६ मध्ये २० वटा ढोका खोलिएको छन् ।

नदीमा बहाव बढेसँगै ब्यारेज पुलमा रातो बत्ती समेत बालिएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बहाव बढे पनि खतरा भने नरहेको बताउनुभएको छ । उहाँले तटीय क्षेत्रका वासिन्दालाई सर्तकता अपनाउन भनिएको बताउँदै सम्भावित डुबान र बाढीलाई मध्यनजर गर्दै सुरक्षा निकायलाई सतर्क रहन भनिएको जानकारी दिनुभयो ।

सम्बन्धित समाचारहरूः

  • २०८१ माघ ३, बिहीबार २१:०६
  • 74 views
नमूना सदरमुकाम निर्माण स्थलमा रूख कटान सुरू, पहिलो चरणमा ४७ रुख काटिदै

कावासोती । नवलपुरको कावासोतीमा बनाउने भनिएको नमुना सदरमुकाम निर्माण स्थलमा पहिलो चरणमा ४७ वटा रुख काटिने भएका छ्न । पहिलो चरणमा कटान हुने भनिएका ४९ मध्य ४७ वटा रुखको डिभिजन…

विस्तृत.....

  • २०८१ माघ २, बुधबार १९:१२
  • 22 views
रविलाई ६० लाख धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालतको आदेश

कावासाेती । काठमाडौँ जिल्ला अदालतले स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश गरेको छ। रविलाई ६० लाख धरौटीमा छाड्न…

विस्तृत.....

Leave a Reply

Your email address will not be published. Required fields are marked *