0 प्रतिक्रिया
थप २४ सय २८ जना नयाँ संक्रमित , पाँच जनाको मृत्यु
काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ४ सय २८ जना कोरोना भाइरसका नयाँ सङक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार १० हजार १ जनामा गरिएको पिसिआर परीक्षणमा २ हजार ३ सय ६५ जना र ४ सय ४७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६३ जना गरी जम्मा २ हजार ४ सय २८ जना नयाँ संक्रमित भेटिएका हुन्।
यस्तै, आज ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। हालसम्म ३ हजार १ सय १७ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्। त्यस्तै, आज २ सय ५२ जनाले कोरोनालाई जितेर घर फर्किएको मन्त्रालयले जनाएको छ। हाल देशभरको संस्थागत क्वारेन्टाइनमा ८१ जना रहेको र देशभर १३ हजार ६ सय ९० जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --




